युरोपको बेल्जियममा शेर्पा समुदायको नयाँ वर्ष तथा लोसार पर्व सम्पन्न

Share:

इन्दिरा चाम्लिंग
काजाब्लांका क्यासेल्लो ।

शेर्पा समुदायको नयाँ वर्ष एवम् महान पर्व ग्याल्बो लोसार बेल्जियममा सम्पन्न भएको छ । शेर्पा किदुक बेल्जियमद्वारा आयोजनामा नयाँ वर्ष तथा ग्याल्बो लोसार पर्व सम्पन्न भएको हो । नयाँ वर्ष तथा ग्याल्बो लोसार पर्वको अवसरको आयोजनामा भएको तथा सांगीतिक साँझ मार्फत संकलित भएको रकमले ओखलढुंगा स्थित खिजिदेम्बा गाउँपालिकालाई एम्बुलेन्स खरिद गर्ने आयोजकले बताएको छ ।

क्यासेल्लो स्थित डोन बोस्कोमा भएको कार्यक्रममा जर्मनी पोर्चुगल, नेदरल्यान्ड, फ्रान्स , बेलायत लगायतका देशबाट शेर्पा समाजको सहभागिता रहेको थियो । बौद्ध परम्परा अनुसार धार्मिक पूजा, सांस्कृतिक झाँकी एवम् शेर्पा भाषामा गायन र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा बेल्जियममै जन्मे हुर्केका बालबालिकाहरुले शेर्पा भाषामा गायन तंथा नृत्य प्रस्तुत गरेका थिए । उपस्थित अतिथि र दर्शकहरुलाई मनोरञ्जन दिदै आफ्नो भाषा–धर्म र सस्कृतिलाई परदेशमा समेत संरक्षण गरेको कार्यक्रममा देख्न सकिन्थ्यो ।

राष्ट्रिय विकास परिषद् सदस्य समेत रहनु भएका खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष एवम् गायक गम्बु शेर्पा विशिष्ट अतिथी रहेका थिए । कार्यक्रमबाट उठेको सहयोग रकमले एम्बुलेन्स संचालन गरेर बिकट गाउमा परोपकारी काम हुने उनले बताए । परोपकारी र मानव सेवाका निम्ति सबैभन्दा धेरै रकम नेफिन र एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष पिजी शेर्पाले १ लाख ५० हजार सहयोग गरेका थिए ।

कार्यक्रम आकर्षक तरिकाले संचालन भएको थियो । प्रमुख र विशिष्ट अतिथि पछि गैर आवासीय नेपाली संघ र आदिबासी जनजाती महासंघ भन्दा अगाडी विशेष अतिथि नेपाल पत्रकार महासंघ युरोपलाई बनाइएको थियो ।

कार्यक्रममा राज्यको चौथौ अंग पत्रकार र पत्रकार महासंघ भएकाले मर्यादाक्रममा राज्यको प्रतिनिधी महामहिम राजदुत पछि पत्रकार रहने बताउदै राष्ट्रिय विकास परिषद् सदस्य गम्बु शेर्पाले शेर्पा समाजले यो सत्य र यथार्थलाई कार्यन्वयन गरेको बताए । संसारमा दूतावास नभएको देशमा पत्रकारले दूुतावासको काम र देशको प्रतिनिधित्व गर्ने विश्वव्यापी प्रचलन समेत स्मरण गराउदै सबै संघसंस्थालाई “पोर्टफोलियो” बुझेर सम्मान गर्न आग्रह गरेका थिए ।

अध्यक्ष गम्बु शेर्पाले भने “मर्यादाक्रममा राज्यको चौथौ अंग भन्दा अगाडी एनआरएनए र स्थानीय संघसंस्था हुन सक्दैन, कसैले राजदूत पछि मर्यादाक्रममा पत्रकार बाहेक अरूलाई सम्मान दिन्छ भने त्यो मर्यादाक्रम नबुझ्ने व्यक्ति तथा संस्था हुन ।”

औपचारिक कार्यक्रममा बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथी खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा, शेर्पा किदुक केन्द्रीय संघीय परिषद सदस्य ल्हमु शेर्पा, विशेष अतिथिहरू शेर्पा किदुक युरोपका अध्यक्ष एवम पूर्व एनआरएनए युरोप संयोजक दावा ग्याल्जेन शेर्पा ,आदिवासी जनजाती महासंघ र एनआरएनए बेल्जियम पूर्व अध्यक्ष र एनआरएन केन्द्रीय सल्लाहकार पिजी शेर्पा ,नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई , एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा , नेफिन बेल्जियमका वरिष्ठ उपाध्यक्ष मुना राई, एनआरएन ग्लोबल अध्यक्ष पदम गुरुंग ,शेर्पा संघ बेलायत अध्यक्ष रिन्जी शेर्पा रहेका थिए ।

अतिथिहरू क्रमशः प्रवासी मंच जर्मनी अध्यक्ष पासांग शेर्पा ,शेर्पा किदुक युरोपका निवर्तमान अध्यक्ष फूला शेर्पा, किदुक बेल्जियम निवर्तमान अध्यक्ष आंग दोर्जी सोनाम शेर्पा , मगर समाज बेल्जियम अध्यक्ष लोक राना , तमु समाज अध्यक्ष होम गुरुंग , किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चामलिंग , तामांग समाज अध्यक्ष राम लामा , याक्थुम चुमलुगका अध्यक्ष वदन योंगहांग , नेपाली जनप्रगतिशिल मन्च युरोप अध्यक्ष चित्र सुबेदी , एनआरएनए बेल्जियम पूर्व अध्यक्ष र हाल केन्द्रीय उपाध्यक्ष गंगाधर गौतमलाई सम्मान गरिएको थियो ।

त्यसैगरी प्रवासी मंच बेल्जियम अध्यक्ष बिनोद न्यौपाने, जनता समाजवादी पार्टी बेल्जियम अध्यक्ष नेत्र मगर , नेपाली व्यवशायी संकका अंध्यक्ष चिरन कुमार खवास , एनआरएन बेल्जियम निवर्तमान अध्यक्ष खडक बहादुर केसी, नेकपा एमाले बेल्जियम निवर्तमान अध्यरÞ्क्ष एवम अन्तराष्ट्रिय कमिटी महिला संयोजक इशाव–चन्द्र कुमारी गुरुंङ , जनसम्पर्क समिति बेल्जियम महामन्त्री गोबिन्द अधिकारी, नेपाली जनप्रगतिशिल मन्च बेल्जियम उपाध्यक्ष मनिष गुरूंङ, पर्बत समाज अध्यक्ष नन्द कुमारी गुरूंङ ,गुल्मी समाज अध्यक्ष कुल बहादुर कार्की ,नवलपरासी समाज अध्यक्ष नरहरी सापकोटा लगायतका विशिष्ट अतिथी र अन्य अतिथिहरुलाई शेर्पा संस्कार अनुरूप सम्मान गरिएको थियो ।

शेर्पा किदुक बेल्जियम आयोजक र हिमालयन साँस्कृतिक केन्द्र र शेर्पा युथ ग्रुप बेल्जियम सहआयोजक रहेको कार्यक्रमको संचालन ल्हमु शेर्पाले गरेका थिए । कार्यक्रमका सभापति एवम् शेर्पा समाज बेल्जियमका अध्यक्ष पेम्बा शेर्पा (पिडी) ले ल्होसार कार्यक्रम सफल बनाउन संस्थाको परोपकारी अभियानमा सहयोग गर्ने र सहभागिता जनाउने सबैलाई धन्यवाद् दिएका थिए । कार्यक्रममा कलाकारहरुले सांगीतिक र साँस्कृतिक प्रस्तुत गरेका थिए ।

Share:

सम्बन्धित समाचारहरू