माल्टाको समुद्रमा पौडी खेल्ने क्रममा नेपाली युवकको मृत्यु

Share:

माल्टा नेपाल अनलाइन डेस्क
माल्टाको स्लिएमा क्षेत्रको समुद्रमा पौडी खेल्ने क्रममा एक नेपाली युवकको ज्यान गएको छ।

नवलपरासी दलदले घर भइ माल्टाको क्‍वर्मीमा बसोबास गर्ने २५ वर्षीय न्यौपाने थर भएका युवक समुद्रमा पौडी खेल्ने क्रममा अचानक गाह्रो महसुस गरी बेहोस भएका थिए।

लगत्तै मंगलबार बिहान १ बजे साथीहरूको सहयोगमा युवकलाई मातर देई अस्पताल लगिएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरेको गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद् एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले जानकारी दिएका छन्।

घटनापछि माल्टाबासी नेपाली समुदायमा शोकको लहर फैलिएको छ। मृतकको परिवारलाई जानकारी गराइ छिट्टै आवश्यक कानुनी प्रक्रिया पूरा गरि शवलाई नेपाल पठाउने तयारी गरिने समेत एनआरएनए माल्टाका अध्यक्ष खनालले बताएका छन्।

Share:

सम्बन्धित समाचारहरू