रोमानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

Share:

मार्च,१३
काठमाडौं/रोमानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

सुर्खेतकाे चिङगार्ड गाउँपालिका घर भई नयाँ बानेश्वर बस्ने २८ वर्षीय सुरेश राना पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु, त्यसको लागि सात लाख रुपैयाँ लाग्छ र रोमानिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ८० हजार रुपैयाँ तलब हुन्छ भनी रानाले नवराज मल्ललाई पटक पटक गरी दुई लाख ६० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रानाको खोजतलास गर्ने क्रममा मंगलबार सिनामंगलबाट पक्राउ गरेको हाे ।

रानालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरू