माल्टा नेपाल अनलाइन डेस्क
लिस्बन, १० जुलाई —
पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेल र पोर्चुगलको समावेशीकरण, आप्रवासन तथा शरण सम्बन्धी संस्था आइमा (AIMA) का अध्यक्ष पेड्रो पोर्चुगल गेस्पाबीच सौहार्दपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
लिस्बनस्थित आइमाको मुख्यालयमा सम्पन्न उक्त भेटका क्रममा राजदूत पौडेलले नेपाली समुदायका कागजात प्रमाणीकरणमा नेपाली राजदूतावासको अनुरोधअनुसार विभिन्न किसिमले सहयोग पुर्याएकोमा संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
भेटवार्तामा आपसी सहकार्य, आप्रवासी नेपालीको हितका विषयहरू तथा समसामयिक मुद्दाहरूमा विचारविमर्श गरिएको थियो। दुवै पक्षले आगामी दिनमा आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका थिए।
उक्त अवसरमा नेपाली राजदूतावासका द्वितीय सचिव रामबाबु नेपालको समेत उपस्थिति रहेको थियो।



