एनआरएनए माल्टाद्वारा स्व. खिम बहादुर पुनको सम्झनामा श्रद्धाञ्जली तथा सहयोग अभियान सुरु

Share:

माल्टा नेपाल अनलाइन डेस्क
माल्टामा आज बिहान भएको सडक दुर्घटनामा नेपालका म्याग्दी घर भई विगत तीन वर्षदेखि माल्टामा श्रमजीवी जीवन बिताइरहेका स्वर्गीय खिम बहादुर पुनको सम्झनामा एनआरएनए माल्टाले श्रद्धाञ्जली तथा सहयोग अभियान सुरु गरेको छ ।

आज साँझ स्वर्गीय खिम बहादुर पुनको सम्झनामा दुर्घटना स्थलमै दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रम साँझ ८ बजे बिर्किर्कारा, युरो स्पोर्ट नजिकै हुने एनआरएनए माल्टाले जानकारी गराएको छ।

कार्यक्रममार्फत दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्मान व्यक्त गरिनेछ। एनआरएनए माल्टाले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई श्रद्धा प्रकट गर्न हार्दिक अनुरोध गरेको छ।

एनआरएनए माल्टाका अध्यक्ष सत्य नारायण झाले मृतकको पार्थिव शरीर नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइरहेको जनाउँदै, पुन कार्यरत कम्पनीले यसका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाएको जानकारी दिए।

त्यसैगरी, मृतक परिवारका लागि आर्थिक सहयोग जुटाउन गो गेट फाउण्डिङ GoGetFunding  मार्फत अनलाइन अभियान पनि सुरु गरिएको छ। जसको यो लिंकबाट सहयोग गर्न सकिने संस्थाले जनाएको छ।

एनआरएनए माल्टाले माल्टामा रहेका संघ–संस्था, समुदाय, नेपाली तथा माल्टेली जनतालाई व्यक्तिगत वा संस्थागत रूपमा सहयोग गर्न तथा संस्थासँग प्रत्यक्ष समन्वय गर्न आग्रह गरेको छ। संस्थाले सामूहिक प्रयासले पीडित परिवारलाई ठूलो आर्थिक र मानसिक सहारा पुग्ने विश्वास व्यक्त गरेको छ

Share:

सम्बन्धित समाचारहरू