किरात याक्थुङ चुम्लुङ माल्टाले महान चाड बलिहाङ तङ्नाम २०२५ मनाउने

Share:

माल्टा नेपाल अनलाइन डेस्क / किरात याक्थुङ समुदायको ऐतिहासिक र सांस्कृतिक पर्व बलिहाङ तङ्नाम (येले तङ्बे ५०८५) यस वर्ष माल्टामा पनि विशेष कार्यक्रमका साथ मनाइने किरात याक्थुङ चुम्लुङ माल्टाले जनाएको छ। २०२५ अक्टोबर २५ तारिखमा माल्टाको पिएता क्षेत्रमा बिहान १० बजे देखि राति ११ बजे सम्म ‘लारिङ्गे/नाम्लिङ्गे (देउसी–भैलो) साथै याक्थुङ लिम्बू जातिहरूको संस्कार संस्कृति झल्किने केलाङ्, धाननाच कार्यक्रम गर्ने भएको हो ।

माल्टामा किरात समुदायको संस्था किरात याक्थुङ चुम्लुङ, माल्टाले यही अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै प्रवासमा रहेका नेपालीबीच एकता, संस्कृति र पहिचानको सन्देश फैलाउने उदेश्यले  माल्टामा पनि यस कार्यक्रमको आयोजना गरिएको  किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम लिम्बुले  जानकारी दिएका छन् ।

बलिहाङ तङनाम किरात समुदायको महान चाड हो, जसले पुर्खा, परम्परा र प्रकृतिप्रतिको श्रद्धा प्रकट गर्छ। यो पर्व किरात याक्थुङहरूको धर्म, संस्कार र सांस्कृतिक अस्तित्वसँग गहिरो सम्बन्ध राख्ने गरेको र  नेपालमा यो पर्व विशेषगरी पूर्वी पहाडी जिल्लाहरू — इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर र संखुवासभामा अत्यन्त हर्षोल्लासका साथ मनाइने गर्छ । र विदेशमा बसोबास गर्ने किराँतहरुले पनि आ-आफ्नो ठाउँबाट यस पर्व मनाउने गरेको अध्यक्ष लिम्बुले बताए ।

“बलि” शब्दको अर्थ पवित्र आत्मा, शक्ति र बलिदानसँग सम्बन्धित छ भने “हाङ” शब्दले राजा वा नेता जनाउँछ। यस पर्वमा किरात समुदायले आफ्ना पुर्खा र प्रकृतिलाई पूजा अर्चना गरी आशीर्वाद ग्रहण गर्छन्। यसरी बलिहाङ तङनामले मानव, प्रकृति र पूर्वजबीचको सम्बन्धलाई जोड्ने सन्देश दिन्छ।

माल्टामा रहेका किरात याक्थुङ समुदायले स्थापना वर्षमानै  किरात याक्थुङहरु को महान पर्व बलीहाङ तङ्नाम तथा परम्परागत पर्वहरूलाई प्रवासमै मनाउँदै आएको संस्थाका सचिब दिपेन थक्लुङ लिम्बुले माल्टा नेपाल अनलाइनलाई जानकारी दिएका हुन् ।  उनका अनुसार यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा संस्कृतिप्रतिको गर्व र चेतना जगाउने काम गर्छ। “हामी प्रवासमा भए पनि हाम्रो संस्कृति र परम्परा नै हाम्रो पहिचान हो । बलिहाङ तङ्नामले हामीलाई हाम्रो मूल, पुर्खा र मातृभूमिसँग जोड्ने माध्यम बनेको छ।” सचिब  थक्लुङ लिम्बुले भने । बलिहाङ तङ्नाम र तिहार दुबै पर्वले अन्धकारमाथि उज्यालो, विखण्डनमाथि एकता र असन्तोषमाथि प्रेमको सन्देश दिने गर्छन्। किरात याक्थुङ चुम्लुङ माल्टाले पनि यही सन्देश प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूमा फैलाउने उद्देश्य लिएको जनाएको छ।

उनक अनुसार यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा संस्कृतिप्रतिको गर्व र चेतना जगाउने काम गर्छ। “हामी प्रवासमा भए पनि हाम्रो संस्कृति र परम्परा नै हाम्रो पहिचान हो। बलिहाङ तङनामले हामीलाई हाम्रो मूल, पुर्खा र मातृभूमिसँग जोड्ने माध्यम बनेको छ।” संस्थाका कोषाध्यक्ष प्रकाश आङ्देम्बे लिम्बु बताउँछन् ।  माल्टामा बसोबास गर्ने याक्थुङ समुदायको भाषा, संस्कृति, पहिचान र एकता प्रवर्द्धनका साथै सामाजिक, सांस्कृतिक र सहायतामूलक कार्यक्रमहरू सञ्चालन गर्ने किरात याक्थुङ चुम्लुङ माल्टाले बताएको छ ।

Share:

सम्बन्धित समाचारहरू