किराँत राई यायोक्खा माल्टाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश वान्तावा राई सर्वसम्मत चयन

Share:

माल्टा नेपाल अनलाइन डेस्क/ किराँत राई यायोक्खा शाखा माल्टाको अधिवेशन गत २८ डिसेम्बर सम्पन्न भएको छ। अधिवेशनबाट श्री प्रकाश वान्तावा राई अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले चयन गरेको नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धनेन्द्र कुमार राई, उपाध्यक्षहरूमा कला राई, दुर्गा राई र प्रकाश राई, महासचिवमा सुरेन्द्र राई, सचिवहरूमा प्रदीप राई, सन्जिव राई र रन्जित राई, सह–सचिवमा सुजन राई, कोषाध्यक्षमा नविन राई, सह–कोषाध्यक्षहरूमा विनोद राई र परीता राई, महिला संयोजकमा सञ्जु राई,प्रचारप्रसार बिभागमा प्रभा राई,सांस्कृतिक संयोजकमा देवराज राई र सदस्यहरुमा मनि कुमार राई,रुपेश राई, लक्ष्मण राई र अनिल हाङ राई, प्रमुख सल्लाहकारमा किरण राई र सल्लाहकारहरूमा राम प्रसाद राई, सिता राई र मिना राई रहेका छन् ।

किराँत राई यायोक्खा माल्टाको स्थापना राई जातिहरूको मौलिक परम्परागत भेषभूषा, भाषा, कला, नृत्य, संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले गरिएको हो। संस्थाले सम्पूर्ण जाति, भाषा, धर्म तथा संघ–संस्थाप्रति उच्च सम्मान गर्दै आफ्नो मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।
संस्थाको भावी नीतिअनुसार माल्टा तथा गोज़ोमा बसोबास गर्ने सम्पूर्ण राई समुदायलाई एकताबद्ध गर्दै अभिभावकत्व प्रदान गर्ने,साथै प्रकृतिपूजक किराँत राईहरूको महान् चाडहरू—वैशाख पूर्णिमा (उभौली साकेला), मंसिर पूर्णिमा (उधौली साकेला) तथा नयाँ वर्ष यलेदोङ (यलम्बर संवत्) माघ १ भव्य रूपमा मनाउने योजना रहेको छ।

अधिवेशनमा अध्यक्ष प्रकाश वान्तावा राईले नव–निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै माल्टामा रहेका किराँत राई समुदायको एकता,पहिचान र सांस्कृतिक संरक्षणमा संस्थाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। अन्त्यमा, सबैमा धन्यवाद व्यक्त गर्दै अध्यक्ष राईले भने,“हामी समुदायलाई एकताबद्ध गर्दै सांस्कृतिक, परम्परागत र सामाजिक क्षेत्रमा सक्रिय रहिरहनेछौं। उनले आगामी चाडपर्व लगाएतका कार्यक्रमहरुमा सबैसँगै सहकार्य गर्ने जनाए ।

Share:

सम्बन्धित समाचारहरू