जेष्ठ नागरिकलाई सहयोग गरेर समाजसेवी बिन्दु अर्यालले मनाइन् जन्मदिन

Share:

माल्टा नेपाल अनलाइन / युरोपको माल्टामा बस्दै आएकी समाजसेवी बिन्दु अर्यालले जेष्ठ नागरिकलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएकी छन् । नेपालको रुपेन्देही जिल्ला सैनामैना नगरपालिका १ रानीबगिया घरभई हाल युरोपका माल्टामा नेपालको झल्को दिनेगरी नमस्ते नेपाल मिनी मार्केट संचालन गर्दै आएकी व्यवसायी अर्यालले जेष्ठ नागरिकलाई सहयोग गरेर जन्मदिन माएकी हुन् ।

दिवगंत भएका आफ्ना बुवाको सम्झनामा अर्यालले गुल्मीको श्रीराम मन्दिरमा बस्दै आएका जेष्ठ नागरिकलाई भोजनको व्यवस्था गदै दक्षिणा समेत दिएर जन्मदिन मनाएको अर्यालले बताईन् । हामीहरु केक काटेर फजुल खर्च गरेर जन्मदिन मनाई रहेका हुन्छौ । मान्छेहरुले बाँच्नका लागि खाना समेत नपाई समस्या भोगीरहेका हुन्छन् । जन्मदिनमा हुने फजुल खर्चलाई मन्दिरमा रहेका जेष्ठ नागरिकलाई सहयोग गरेर जन्मदिन मनाउँन पाउँदा आफूलाई खुसी लागेको उनी बताउँछन्।

नेपालमा रहेका आफ्ना ससुरा शिवलाल अर्याल सहित परिवारका अन्य सदस्यहरुलाई मन्दिरमा नै पठाएर भोजनका साथ दक्षिणा दिन लगाएर अर्यालले जन्मदिन मनाएको बताएकी छन् । राम मन्दिरका संचालकले सामाजिक संजालमा बिन्दु अर्याल र अर्यालको परिवारलाई आभार व्यक्तगर्दै धन्यवाद् समेत दिएको छ । जन्मदिनको अवसर पारेर मन्दिरमा रहेका जेष्ठ नागरिकलाई भोनन गराउँदै दक्षिणा दिएर परोपकारी र समाजसेवाको काम गरेको भन्दै अर्यालको समाजसेवी भावनाको मन्दिर व्यवस्थापन परिवारले प्रशंसा गरेको छ ।

बुहारीको यरोपबाट फोन आयो र मलाई भनिन् मेरो जन्मदिन फजुल खर्च गरेर मनाउँदैन बुवा । सामाजिक काम गरेर मनाउने सोच गरेकी छु भन्दै राम मन्दिरमा रहेका जेष्ठ नागरिकलाई भोजन गराउने र दक्षिणा समेत दिएर मनाउने बुहारीको निर्णय सुन्दा आफूलाई धेरै खुसी लागेको अर्यालका ससुराबुवा शिवलाल अर्यालले माल्टा नेपाल अनलाइनलाई बताए ।

मन्दिरमा गएर जेष्ठ नागरिकको सेवागर्न पाउँदा आफू र आफ्नो परिवारलाई आनन्द लागेको अर्यालले बताए । मन्दिरमा रहेका जेष्ठ नागरिकले अर्याल परिवारलाई खुसी हुँदै आर्शीवाद दिएका छन् । घरपरिवारमा समाजसेवाको काम गरेर जन्मदिन मनाउने सल्लाह अनुसार जेष्ठ नागरिकलाई सहयोग गरेर श्रीमतीको जन्मदिन मनाएको श्रीमान राजु अर्याल (बाबू) ले बताए ।

 

 

 

Share:

सम्बन्धित समाचारहरू