माल्टामा नेपाली युवा नवीन कुमार सोमैको निधन

Share:

माल्टा नेपाल अनलाइन / रोजगारीको सिलसिलामा माल्टामा रहेका पाल्पाका नेपाली युवा नवीन कुमार सोमैको असामयिक निधन भएको छ।
रम्भा गाउँपालिका–२, फोक्सिङ्कोट, पाल्पा निवासी सोमैको १२ अगस्ट २०२६ मा निधन भएको हो। उनी रोजगारीका लागि केही समयदेखि माल्टामा रहँदै आएका थिए।
माल्टामा पछिल्लो समय नेपाली समुदायले लगातार दुःखद् घटनाको सामना गरिरहेका बेला सोमैको निधनको खबरले यहाँ रहेका नेपालीहरूलाई थप मर्माहत बनाएको छ। उनको निधनले नेपालमा रहेका परिवार, आफन्तजन तथा माल्टामा रहेका नेपाली समुदायमा शोक छाएको छ।
स्व. नवीन कुमार सोमैको पार्थिव शरीरलाई नेपाल पठाउन आवश्यक प्रक्रिया तथा खर्च व्यवस्थापनका लागि माल्टाबासी नेपाली समुदायसँग सहयोग गरिदिन अपिल गरिएको छ। यस दुःखद् घडीमा मानवीय भावनाका साथ सक्दो सहयोग गरी स्व.सोमैको पार्थिव शरीर सम्मानपूर्वक मातृभूमि नेपाल पठाउने कार्यमा साथ दिन आग्रह गरिएको छ।

Share:

सम्बन्धित समाचारहरू