एन आरएनए माल्टाको हाल सम्मकै उत्कृष्ट कार्य, ७६० जनाले गरे पासपोर्ट नवीकरण

Share:

माल्टानेपाल अनलाइन

सेप्टेम्बर २४ माल्टा
युरोपको माल्टामा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ । यही सेप्टेम्बर २३ र २४ तारीख संचालन भएको २ दिने घुम्ति सेवा अन्तर्गत ७६० जनाले पासपोर्ट नबिकरण ,१५ जनाले मन्जुरिनामा र अन्य केहि व्यक्तिहरुले महत्वपुर्ण सिफारिसहरुको सेवा सुबिधा लिन सफल भएका हुन् ।
नेपाली राजदुतावास युके र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एन आरएनए माल्टाको सहकार्यमा माल्टाबासी नेपालीहरुको सञ्चालन राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एन आरएनए माल्टाले यस कार्यलाई ऐतिहासिक कार्यको रुपमा लिएको एन आरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले बताएका छन् । उनले छोटो समयमा गरिएको काममा केहि प्राविधिक त्रुटिहरु हुँदाहुँदै पनि एन आरएनए माल्टाले पहिलो पटक यति धेरै राहदानी नवीकरण गर्नु हाल सम्मको विश्वमा नै पहिलो भएको दाबी गरेका छन् । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एन आरएनए माल्टाले माल्टाबासी नेपालीहरुको सेवाकै लागि काम गर्दै गर्दा कहिकतै गल्ति कमजोरी भएकोमा क्षमा याचन गर्दै यस अभियानले अझै सिक्ने मौका मिलेको र अबका दिनमा झनै परिपक्व तरिकाले अगाडि बढ्ने जानकारी दिएका छन् ।

संस्थाले यो कार्यलाई सफल बनाउन अहोरात्र खटिने कार्यसमितिका पदाधिकारी , बिभिन्न सामाजिक संघ संस्थाका ब्यक्तित्व ,सामाजिक अभियन्ता संस्थाका सल्लाहकार राजदूतावासबाट आउनु भएका दुतावासका कर्मचारीहरु लगायत सम्पुर्णमा कृतज्ञता समेत प्रकट गरेका छन् ।

 

Share:

सम्बन्धित समाचारहरू