माल्टा पठाईदिन्छु भनी ९ लाख ठगी गर्ने व्यक्ति पक्राउ

Share:

डिसेम्बर,२१
काठमाडौं/ युरोपेली मुलुक माल्टा जान २८ लाख लाग्ने भन्दै ९ लाख रकम अग्रिम लिइ ठगी गरेको आरोपमा खोटाङ जिल्ला खोटेहाङ ७ घर भई हाल ललितपुर सातदोबाटो बस्ने  वर्ष ५५ को विरेन्द्र उदासलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय  काठमाण्डौंले पक्राउ गरेको हो ।
उदासले सबिता गुरुङलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति अठ्ठाईस लाख रुपैयाँ लाग्ने र माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने , माल्टामा  मासिक ३ लाख रुपैयाँ तलव हुने भनी विश्वास दिलाई  पीडितबाट पटक पटक गरी नौँ लाख रुपैयाँ  लिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाठमाण्डौंका सूचना अधिकारी तथा प्रवक्ता  प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी बताए ।


उनका अनुसार  उदासले रकम लिई सम्पर्क विहीन भएपछि कार्यलयमा पीडितको सबुत प्रमाणका आधारमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ललितपुरको  सातदोबाटोबाट पक्राउ गरिएको हो।  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको  काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरू