माल्टा नेपाल अनलाइनका सम्पादक धनराज अविरल एनआरएनए माल्टाकाे प्रेस सल्लाहकारमा चयन

Share:

माल्टा नेपाल अनलाइन डेस्क / युरोपको माल्टामा सक्रिय पत्रकारिता गर्दै आएका माल्टा नेपाल अनलाइनका सम्पादक एवम् पत्रकार धनराज विक (अविरल) गैर आवासीय नेपाली संघ (एनआरएनए) माल्टाको प्रेस सल्लाहकारमा चयन भएका छन् । एनअनरएनए माल्टाको पहिलो बैठकबाट सम्पादक अविरल प्रेस सल्लाहकारमा चयन भएका हुन् ।

प्रेस सल्लाहकारमा चयन भएका पत्रकार अविरलले विदेशमा रहेर पनि कामको व्यस्तता संगै प्रवासमा पनि पत्रकारितालाई सशक्त रूपमा अघि बढाउँदै आउनु भएकोले उहाँको योगदानको उच्च मूल्यांकन गरेर एनआरएनए माल्टाको प्रेस सल्लाहकारमा चयन गरेको एनआरएनए माल्टाका अध्यक्ष रोशन गिरीले बताए । २०२६ र २७ को कार्यकालका लागि प्रेस सल्लाहकारमा पत्रकार अविरललाई सर्वसम्मत रुपमा चयन गरिएको उनले बताए ।

विगत लामो समयदेखि पत्रकारतिा गर्दै आएका अविरलले युरोपको माल्टामा बसेर नेपाली समुदायका भोगाई, आवाज, समस्या, उपलब्धि र गतिविधिहरूलाई निरन्तर पत्रकारिता मार्फत उजागर गर्दै आएका छन् । पत्रकार अविरल सम्पादक रहेको माल्टा नेपाल अनलाइन ले प्रवासमा रहेका नेपालीहरूको सूचना, समाचार र विचार अभिव्यक्तिको भरपर्दो माध्यमको रूपमा आफूलाई स्थापित गर्दै आएको छ ।

एनआरएनए माल्टाले पत्रकार अविरललाई प्रेस सल्लाहकारको जिम्मेवारी प्रदान गर्नुले संस्थाको सञ्चार प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र व्यावसायिक बनाउने अपेक्षा गरिएको अध्यक्ष रोशन गिरी बताउँछन् । पत्रकारितामा उहाँको लामो समय देखिको अनुभव, विश्लेषण क्षमता र प्रवासी नेपाली समुदायसँगको गहिरो सम्बन्धले संस्थाको गतिविधिहरूलाई सही ढंगले जनसमक्ष पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ उहाँको योगदानको कदर गर्दै संस्थाले महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको गिरीले बताए ।

पत्रकारितालाई पेशागत धर्मको रूपमा अंगिकार गर्दै सत्य, निष्पक्षता र जिम्मेवार सूचना प्रवाहमा केन्द्रित रहँदै आएका अविरलले नयाँ भूमिकामा पनि त्यही प्रतिबद्धता कायम राख्ने भन्दै आफूलाई प्रेस सल्लाहकारमा चयन गरेकोमा एनआरएनए माल्टालाई धन्यवाद् दिएका छन् । पत्रकारिता मार्फत प्रवासी नेपालीहरूबीच एकता, सहकार्य र सकारात्मक सोचको विकासमा जोड दिने प्रतिबद्धता अविरलले व्यक्त गरेका छन् । नेपालमा पत्रकारिता गर्दै आएका विक युरोपमा आएर पनि पत्रकारितामा सक्रिय रहेर प्रवासी नेपालीका पक्षमा निरन्तर कलम चलाउँदै आएका छन् । कामको व्यस्ततासंगै पत्रकार अविरलले माल्टामा समाचार मार्फत आप्रवासी नेपालीका भोगाइलाई उजागार गर्दै आएका छन् ।

सदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष एवम् एनआरएनए माल्टाका कार्यसमिति सदस्य दिनेश नागरीले पत्रकार अविरलको समाचार लेखनको प्रशंसा गर्दै पत्रकार अविरललाई एनआरएनए माल्टाको पहिलो बैठकबाट सर्वसम्मत प्रेस सल्लाहकारमा चयन गरिएको  बताए । स्वतन्त्र पत्रकारको पहिचान कायम राख्दै सत्यतथ्य समाचार मार्फत सबैको मन जित्न सफल भएका अविरलले खोजमूलक समाचारमा कलम चलाउँदै आउनु आइरहेका छन् ।

अन्याय, अत्याचार, शोषण दमन, थिचोमिचो, बेथिति, विभेद र भ्रष्टाचारका विरुद्ध निडरका साथ खरो रुपमा कलम चलाउँदै आउनु भएका पत्रकार अविरलले सामाजिक न्याय र परिवर्तनका पक्षमा पनि बढी जोड दिएर पत्रकारिता गर्ने गरेको नागरीले बताए । अविरलले सामाजिक रुपमा नेपाल हुँदै युरोपमा पनि प्राप्त गरेका सम्मानले उनको कुशल व्यक्तित्व र क्षमता झल्किने गरेको उनी बताउँछन् ।

लामोसमय देखि अनुमोदन राष्ट्रिय दैनिकमा कामगर्दै आएका पत्रकार विक अनुमोदन खबर अनलाइनका युरोप संवाददाता, कैलाली पोष्टका अतिथि सम्पादक, लम्की खबरका अतिथि सम्पादक, वैज्ञानिक मिडियाका अतिथि सम्पादक, कर्णाली पार्टी अनलाइनका युरोप संवाददाता एवम् क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश सचिव, नेपाल पत्रकार महासंघ कैलाली सदस्य र पत्रकार महासंघ युरोपका कार्यसमिति सदस्य समेत रहेका छन् । साथै अक्षर साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष, अन्तर्राष्ट्रिय सेफ सोसाइटी माल्टाका वरिष्ठ सल्लाहकार र सुदूरपश्चिम सेवा समाज माल्टाको प्रवक्ताको जिम्मेवारी पनि पत्रकार अविरलले सम्हाल्दै आएका छन् ।

नेपालमा लामो समयदेखि पत्रकारिता, साहित्य, मानवअधिकार, मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शको क्षेत्रमा कार्यरत रहेका अविरल सबै क्षेत्रबाट सम्मानित भइ सकेका छन् । सम्मानित भएका अविरलले २०६१ सालदेखि निरन्तर पत्रकारिता गर्दै आएकाछन् । परिचर्चा राष्ट्रिय दैनिक, टीकापुर राष्ट्रिय दैनिक हुँदै सामुदायिक रेडियो टीकापुर एफएममा समेत उनले कामगरी सकेका छन् । २०८० साल कार्तिक २४ गते माल्टा आइपुगेका अविरलले युरोपको माल्टामा पनि माल्टा नेपाल अनलाइनको सम्पादकको जिम्मेवारीमा रहेर पत्रकारितालाई सक्रिय रुपमा निरन्तरता दिदै आएका छन् ।

Share:

सम्बन्धित समाचारहरू