सेप्टेम्बर 28 माल्टा
गैर आबासीय नेपाली संघको युरोपको युवा संयोजकमा प्रकाश भण्डारीले उम्मेदवारी घोषणा गरे सगै भ्रमणमा व्यस्त रहेका छन् ।
हाल बेलायत भ्रमण रहेका भण्डारी बेलायत स्थित विभिन्न गैर आवासीय नेपालीहरुसङ भेट् तीब्र बनाएका छन् । उनले नेपाली दुतावास बेलायतका महामहिम राजदुत लगायत कर्मचारीहरु संग भेटेर माल्टामा सम्पन्न पासपोर्ट नवीकरणमा सहयोग पुगेको भन्दै धन्यवाद दिएका छन् । उनले नेपाल र माल्टा बिच चाडै श्रम सम्झैता हुनुपर्ने जानकारी गराउदै माल्टाबासी नेपालीहरुले भोग्नुपरेका समस्याहरु समाधानमा पहल गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउन अनुरोध समेत गरेका हुन् ।



