ब्लु हर्स इन्टरटन्मेन्टद्वारा आयोजित उद्घाटन समारोहको लागि कार्यक्रमको प्रमुख अतिथि सुपर स्टार तथा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी ,चलचित्र नायीका जिया केसी गायिका सुनिता दुलाललाई माल्टा इन्टरनेसनल विमान स्थल मा भव्य स्वागत गरेका हुन् साथै स्वागतका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्श) आइसिसी सदस्य भुवन अर्याल लगायत विभिन्न पेशा व्यवसायी संघसंस्थाका प्रतिनिधि पत्रकार लगायत का उपस्थित थिए साथै कार्यकम आईतबार साँझ ५ बजे बाट जिरा स्थित ब्ल्याकपल रेस्टुरेन्ट मा समुद्घाटन हुने आयोजक टिमले जनाएको छ
