संस्था दर्ता गर्ने निर्णय पारित गर्दै अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाको बैठक सम्पन्न

Share:

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले माल्टा सरकारको कानूनी प्रक्रिया पूरागरी संस्था दता गर्ने निर्णय पारित गरेको छ । सोमबार माल्टाको बुजिब्बामा बसेको बैठकले संस्था दर्तागर्ने निर्णय सर्वसम्मत पारित गरेको हो । वैधानिक रुपमा संस्था दर्ता गरी नेपाली खानालाई विश्वमा चिनाउन आधिकारिक रुपमा काम गर्नका लागि माल्टामा संस्था दर्ता गर्न लागेको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका अध्यक्ष बासुदेव भुसालले बताएका छन् ।

अध्यक्ष भुसालको अध्यक्षतामा बसेको बैठकले विभिन्न कारणले माल्टा छोडेर अन्य देशमा गएका संस्थाका पदाधिकारीको रिक्त रहेको पद आगामी बैठकमा पूर्तीगर्ने निर्णय गरेको सचिव सुन्दर घिमिरेले जानकारी दिएकाछन् । माल्टामै रहेर पनि लगातार तीनवटा बैठकमा उपस्थित हुन नसकेका संस्थाका सदस्यहरुलाई सम्पर्क गरी संस्थामा बस्न चाहेको या नचाहेको उनीहरुको धारणा बुझेर हेरफेर गर्ने बैठकमा छलफल भएको घिमिरेले बताए । नयाँ सदस्याता लिएका सेफहरुलाई प्रमाणपत्र र सेफकोट एक कार्यक्रम आयोजना गरी वितरण गरिने उनले जानकारी दिए ।

लामो समय देखि माल्टामा बस्दै आएका र माल्टा सरकारको नीति नियमको बारेमा जानकार भएका संस्थाका उपाध्यक्ष एवम् नमस्ते नेपाल मिनीमार्केट माल्टाका संचालक बाबू अर्याललाई माल्टामा संस्था दर्तागर्ने प्रक्रियाको बारेमा गत नोभेम्बरमा बसेको संस्थाको बैठकले जिम्मेवारी तोकेको थियो । जिम्मेवारी तोके बमोजिम आजको बैठकमा अर्यालले माल्टाका कानूनका ज्ञाताहरुसंग संस्था दर्ता गर्ने प्रक्रियाको बारेमा बुझेको कुरा बैठकमा राखेका थिए । संस्था दर्ता प्रक्रियाका बारेमा अर्यालका कुरा सुनेपछि बैठकका सहभागीहरुले विश्वमा नेपाली खानाको प्रवद्धन गर्नका लागि वैधानिक रुपमा संस्था दर्तागरी अगाडी बढ्नुपर्ने बताएका थिए ।

बैठकमा कोषाध्यक्ष एकराज प्रोखेलले संस्था स्थापनादेखि अहिले सम्मको खर्च र आम्दानीको बारेमा जानकारी गराएका थिए । संस्थाका सल्लाकार एवम् २२ वर्षदेखि माल्टामा बस्दै आएका अर्जुन केसीले माल्टामा नेपाली सेफहरुको संस्थाप्रतिको लगाव देखेर निकै खुसी लागेको बताएका थिए । माल्टामा रहेका नेपाली महिला सेफहरुको पहिचान गर्दै संस्थामा जोडेर लैजानु पर्ने बैठकका सहभागीहरुले जोड दिएका छन् ।

Share:

सम्बन्धित समाचारहरू