माल्टाविरुद्ध इटालीको ४–० को सहज जित

Share:

 

माल्टा । युरो च्याम्पियनसिप अन्र्तगत २०२४ को छनोट खेलमा इटालीले माल्टा विरुद्ध ४–० को अन्र्तरले सहज जित निकालेको छ ।

इटालीले आफ्नो घरेलु मैदान स्टाडियो सान निकोलामा सम्पन्न खेलमा डोमेन्को बेरार्डीले दुई गोल गरे । यस्तै, जियाकोमो बोनाभेन्चुरा, डेभिड फ्रटेसीले गोल गरेका थिए ।

खेलको २३औँ मिनेटमा बोनाभेन्चुराले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका हुन् । पहिलो हाफको इन्जुरी समयमा बेरार्डीले गोल गरेपछि इटालीले अग्रतालाई दोब्बर बनाएको थियो ।

६३औँ मिनेटमा बेरार्डीले नै गरेको गोलबाट इटालीले अग्रतालाई ३–० मा पुर्‍यायो । यस्तै, इन्जुरी टाइममा फ्रटेसीले गोल गरेपछि इटालीले ४–० को सहज जित निकाल्न सफल भएको हो ।

यो समूहमा १३ अंकसहित इङ्ल्यान्ड तालिकाको शीर्ष स्थानम छ । जितसँगै समूह सी मा पाँच खेलबाट १० अंक बनाउँदै इटाली दोस्रो स्थानमा उक्लिएको छ। भने ६ खेलमा अंकविहीन बनेको माल्टा समूहको अन्तिममा रहेको छ।

Share:

सम्बन्धित समाचारहरू