नेपाली कथानक चलचित्र परदेशी-२ माल्टामा पनि प्रदर्शन हुने भएको छ।यही नोभेम्बर २५ र २६ गते उक्त चलचित्र प्रदर्शन हुनेछ । ब्लु हर्ष ईनटरटेन्ट्मेन्टले माल्टामा यस चलचित्र प्रदर्शन गर्न लागेको ईनटरटेन्ट्मेन्टका प्रचारप्रसार बिभाग प्रमुख छेसाङ लोप्चन(अशिम)ले माल्टा नेपाल अनलाईनलाई जानकारी गराएका छन् ।
नारायण रायमाझीको निर्देशनमा रहेको चलचित्र परदेशी नोभेम्बर २५ को पहिलो शो राति १०:४५ मा र २६ को दोश्रो शो बिहान १० बजे प्रदर्शन हुनेछ।
यस चलचित्रमा अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी छन्। उनीहरूको साथमा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् ।
निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्रहरू दिएका थिए । ‘परदेशी २’ दशैंको अवसर पारेर घटस्थापनाको दुई दिन अघिबाट प्रदर्शनमा आएको हो ।
चलचित्र प्रदर्शनको बारेमा ब्लु हर्ष ईन्टरटेन्टमेन्टका संयोजक डि.एस.राणालाई +३५६९९९६ ९०३४ मा सम्पर्क गर्न सकिनेछ।



