एनआरएनए माल्टाको सय दिन: एक ढिक्का हुने प्रतिवद्धता

Share:

नोभेम्बर ,८

माल्टा / गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको निर्वाचित कार्यसमितिले१ सय दिन पुरा गरेको छ । १ सय दिन पुरा भएको खुशीयालिमा संस्थाले शुभकामना तथा सम्मान कार्यक्रम गरेको छ । महाधिवेशन पछि दुइ समुहमा बाँडिएको एनआरएनए विभाजित भएपनि माल्टामा एनआरएनए एकजुट बनेको छ । माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले एनआरएनए माल्टा सदैव एकजुट रहिरहने बताए । “माल्टा कहिल्यै फुट्दैन, बरु सबै एनसीसीहरु एक बनुन्”, उनले भने, “चिरा पारेर प्रवासी नेपालीहरुको हित हुदैन ।” उनले केन्द्रमा जस्तो परिस्थिति बनेपनि तटस्थ रहने बताए । “माल्टामा रहेका नेपालीको हकहितको काम गर्ने जिम्मेवारी पुरा गरेरै छाड्ने छौँ”, उनले भने, “माल्टामा राजदुतावास स्थापना गर्न एक ढिक्का हुनेछौं ।” उनले १ सय दिनको अवधिमा थुप्रै चर्चा गर्न योग्य कामहरु भएको बताए । समस्यामा पर्ने नेपालीलाई सहयोग गर्न स्थापना भएको राहत कोषमा  ७ लाख नेपाली रुपैयाँ संकलन भएको बताए । २ वर्षमा २५ हजार युरो संकलन गर्ने लक्ष्य लिइएको बताए ।

एनआरएनएका नवनिर्वाचित युरोप युवा संयोजक प्रकाश भण्डारीले रोजगारीका शिलशिलामा विदेश आउन बाध्य हरेक नेपालीको समस्या सम्बोधन गर्न एनआरएनए एक्यवद्ध हुनुको विकल्प नहरेको बताए । परिवर्तन भैरहने नियमले कैयन नेपालीले समस्या भोग्नुपरेको बताउँदै प्रवासी मैत्री निति बनाउन दबाब सृजना गर्नुपर्नेमा जोड दिए । माल्टाका महासचिव सन्देश केसीले १ सय दिनको प्रगति विवरण सार्वजनिक गरेका थिए ।

नेपाल र माल्टा सरकारको ध्यानाकर्षण गराउन पटक पटक डेलिकेसन गएको बताए । हरेक समस्या हल गर्न माल्टामा छिटै राजदूतवास खोल्ने बताए । कार्यक्रममा एनआरएनए माल्टाका सल्लाहकार सविता भण्डारी, बरिष्ठ उपाध्यक्ष मधु गुरुङ,एनआरएनए अभियान्ता सन्तोष पाठक, उज्वल केसी, एलिस सन्जेल माल्टानेपाल अनलाइनका प्रधान सम्पादक एवम् नेपाल माल्टा कम्युनिटीका प्रवक्ता  बगाले लगायतले शुभकामना सन्देश व्यक्त गरेका थिए ।

सो अवसरमा एनआरएनए माल्टा र प्रवासी नेपालीको हितको लागि काम गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।  माल्टामा १२ हजार बढी नेपालीहरु कार्यरत छन् । यसैबीच एनआरएनए माल्टाले भूकम्प प्रभावित नेपालीका लागि नेपाली १ लाख रुपैयाँ संस्थागत रुपमा सहयोग गर्ने भएको छ । एनआरएनए माल्टाका पदाधिकारी एवम् सदस्यहरुले समेत सहयोग रकम घोषणा गरेका छन् ।  हिमालयन रेष्टुरेन्ट बुजिबाका सञ्चालक डिएस राणाबाट ६ सय ५० युरो, तमु समाज माल्टाबाट ५० हजार रुपैयाँ सहयोग घोषणा भएको छ । 

Share:

सम्बन्धित समाचारहरू