गायक राजु लामालाई माल्टा विमानस्थलमा स्वागत

Share:

माल्टा । बहुचर्चित गायक मङ्गोलियन हर्ट राजु लामालाई माल्टामा स्वागत गरिएको छ । सगरमाथा  मनोरञ्जन आयोजनामा नोभेम्बर १८ तारीक शनिबारको दिन माल्टामा साँस्कृतिक कार्यक्रमको लागि लामा माल्टा आएका हुन । लामा यहि शनिबार १८ नोभेम्बर हुने बृहत सास्कृतिक कार्यक्रमका  प्रस्तुतिसंग संगै स्थानीय कलाकारको पनी प्रस्तुति हुने र कार्यक्रमको सम्पुर्ण तयारि पुरा भैसकेको हुनाले सम्पुर्ण माल्टाबासि
नेपाली दाजु भाइ तथा दिदिबहिनिहरुलाइ उपस्थिति जनाइ मनोरञ्जन लिन कार्यक्रम संयोजक दिपक पोखरेलले  माल्टा नेपाल अनलाईनलाई जानकारी दिए ।

साथै कार्यक्रम भव्य र सभ्य रुपमा सफल बनाउन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रेमलाल खनाल रेम्सले सम्पुर्ण माल्टा बासिलाइ अनुशासित र सभ्य भएर नेपालीको पहिचान उच्च बनाउन अनुरोध गरेका छन । एमसिदाको कुलेज फुटबल ग्राउन्डमा  लामाले विशेष साङ्गितिक प्रस्तुति दिनेछन। कार्यक्रम आउदो शनिबार साझ ५ बजेदेखी शुरु हुने सगरमाथा मनोरञ्जनका सहसंयोजक बिबश लोप्चले जानकारी दिए।

 

 

 

 

 

 

 

Share:

सम्बन्धित समाचारहरू