माल्टा : विगत लामो समयदेखि नेपाली खान्दोके सेलो गीत संगीतमा निरन्तर लागिपरेका गायक हुन् आस्मान लोप्चन। विशेषगरी मौलिक खान्दोके सेलो गीत गाउन रुचाउने लोप्चन पछिल्लो समय अझ बढी सक्रिय छन् गीत संगीतमा।
यसैबीच, डान्सिङ गीत ‘ओए मेरि मुन्नि’ निकै मेहनत गरेर बजारमा ल्याएका छन् आस्मान लोप्चनले। बिहिवार ‘ओए मेरि मुन्नि’ बोलको नयाँ गीत लोप्चनले रिलिज गरेका हुन् । गीतमा आस्मान लोप्चनको आवाज सुन्न सकिन्छ। गीतको शब्द उत्तम भेटवालको अनि संगीत रिमेस कुमारको हो। सुन्दा नाँचौ नाँचौ लाग्ने गीतमा लोप्चनको गायिकी मेलोडियस लाग्छ।
गीतको अडियो संगै भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा आस्मान लोप्चन स्वयं फिचर्ड छन् । आस्मानका अलवा मोडल कोरल थापा र भिमफेदी ग्रुपलाई पनि भिडियोमा देख्न सकिन्छ भने गेष्ट आर्टिस्टको रुपमा मिस तामाङ २०२४ विजेता रिया लाामालाई समेत देख्न सकिन्छ ।
गीतको भिडियोमा निर्मल कुमार लामाको कथा र निर्देशन रहेको छ । भिडियोलाई आकर्षक फ्रेममा पवन सुस्लिङले खिचेका छन् भने भिडियोलाई स्वयं पवन सुस्लिङले नै सम्पादन गरेका हुन् ।
गीतको भिडियोClick Nepalअफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियो..