नोभेम्बर-२४
मनकामना केबुलकारले आफ्नो २६औं बार्षिक उत्सव सम्पन्न गरेको छ । यस अवसरमा २५ बर्षको अबधि सम्म १ करोड ८० लाख ९३ हजार २५५ जना स्वदेशी तथा विदेशी यात्रुले केबुलकारको यात्रा गरेको जनाएको छ ।
चितवनको चेरेस मा रहेको बटम स्टेशनदेखी गोरखाको मनकामना सम्म ३.०२ किलोमिटर लामो केबुलकारमा ३४ गोन्डोला र ३ वटा फ्रेज क्यारी छन् । केबुलकार पूर्ण क्षमतामा सञ्चालनमा आउदा १ घण्टामा ६६० जनाले यात्रा गर्न सक्ने पनि अप्रेशन एण्ड मेन्टेनेन्स प्रमुख सुनिल कर्माचार्यले बताए ।
नेपालकै पहिलो केबुलकार ०८१ साल भाद्र महिना भित्रै डिजिटल प्रविधिमा रुपान्तरण हुन लागेको सञ्चालक राजेशबावु श्रेष्ठले जानकारी दिए ।
२०५५ साल मंसिर ८ गते विधिवत उद्घाटन गरेर सञ्चालनमा आएको केबुलकारले तत्कालिन राजा बिरेन्द्र विरबिक्रम शाहले गरेका थिए ।