डिसेम्बर ,१
काठमाडौं /माल्टा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा महिला पक्राउ
वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा २९ वर्षकी लक्ष्मी श्रेष्ठ पक्राउ परेकी छिन् ।
धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका १ घर भई हाल काठमाडौंको बाफल बस्ने श्रेष्ठले कुलमान कुमाल समेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।
पीडितहरुबाट पटकपटक गरी ६ लाख ८ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकी श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाफलबाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।