लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनैपनी हालतमा राजतन्त्र हुन सक्दैन : सभापति बिसी

Share:

माल्टा नेपाल अनलाइन संवाददाता / लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनैपनि हालतमा राजतन्त्र हुन नसक्ने नेपाली जनसम्पर्क समिति माल्टाका सभापति हरी बिसीले बताएका छन् । संविधानले समेत नचिनेको राजा र राजतन्त्रलाई फर्काउछु भन्नु भ्रम बाहेक अरु केही नभएको बिसीले बताएका हन् ।

नेपाली जनताले त्याग तपस्या बलिदानी दिएर ल्याएको लोकतान्त्रिक गणतन्त्रलाई मास्न सकिन्छ भन्ने कसैले पनि नसोचे हुन्छ । नेपाली जनता हिजो पनि परिवर्तनका पक्षमा थिए आज पनि छन र भोली पनि परिवर्तनकै पक्षमा उभिने उनले बताए ।

रोजगारीको सिलसिलामा युरोपको माल्टामा रहेका बिसीले लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ती देशलाई आवश्यक परेको बेला जतिबेला पनि देश फर्केर परिवर्तनको लडाइमा होमीन तयार रहेको उनले बताए । राजतन्त्रका विरुद्ध २०६२ र ६३ मा भएको जनआन्दोलनलाई नेपाली जनताले बिर्सेका छैनन् । बिसीले भने, “नेपाली जनता अब पूर्व राजाको निरकुंश शासन स्वीकार्न तयार छैनन् भन्ने राजा र राजावादीहरुले राम्रोसँग बुझ्नु पर्दछ ।”

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि एकजना सर्वसाधारण र आन्दोलनको छायाङ्न गरिरहेका एकजना पत्रकारको ज्यान गएको थियो । आन्दोलनकारीले घर, कार्यालय तथा सवारी साधानमा आगजनी तथा तोडफोड समेत गरेका थिए । व्यक्ति हत्या र आगजनी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्नुपर्ने माग बिसीले गरेका छन् ।
राजतन्त्रमा पनि पत्रकार नै निशानामा थिए । अहिले लोेकतान्त्रिक गणतन्त्रमा पनि पूर्व राजालाई ल्याउँछौ भनेर आन्दोनन गर्ने राजावादीको निशानामा पनि पत्रकार र सर्वसाधारण जनता नै परे । कुनैपनि आन्दोलनको नाममा जनता मारिनु राम्रो होइन् ।

आन्दोलनको क्रममा ज्यान गुमाउने मृतका परिवारलाई उचित राहत र घाइतेको निशूल्क उपचारको राज्यले व्यवस्था गर्नुपर्छ । हिजो राजतन्त्रको बेला अहिलेको जस्तै कहाँ विरोध गर्न मिल्थ्यो । कमसेकम लोकतान्त्रिक गणतन्त्रको यो व्यवस्थामा राजावादी समर्थकले पनि हामीलाई राजा चाहियो भनेर भन्न पाउने व्यवस्थाको विकल्प राजतन्त्र नहुने भन्दै लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई जोगाउनको लागि समयमै नेताहरु सच्चिनु पर्नेमा बिसीले जोड दिए ।

अराजक अभिव्यक्ति दिदै आएका दुर्गा प्रसाईलाई राजावादी आन्दोलनको कमान्डर बनाउँदा पनि सरकार चनाखो हुन नसक्दा नसोचेको हिंसात्मक घटना हुन पुगेको बिसीले माल्टा नेपाल अनलाइन खबरलाई बताए ।

Share:

सम्बन्धित समाचारहरू