डिसेम्बर,५
माल्टा/ अबैध तरिकाबाट रुसी सेनामा भर्तीका लागी पठाउने ठूलो गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका मध्ये सुजाता दाहाल र हरि बिक मुख्य एजेन्ट रहेको खुलेको छ । उनीहरु दुबै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरू काठमाडौंका विभिन्न सहरबाट पक्राउ परेका थिए ।
उनीहरुले नेपाल हुँदै भारतको नयाँ दिल्लीबाट रुस पठाउने गरेको खुलासा गरेका छन । यो बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
रुसी सेनामा कति संख्यामा नेपाली भर्ति भएका छन् भन्ने कुरा एकिन हुन नसकेपनि रुस युक्रेन युद्धमा परि हालसम्म ६ जनाले ज्यान गुमाईसकेको परराष्ट्र मन्त्रालयले बताएको छ ।