स्वरसम्राट नारायण गोपालको घरलाई संग्रहालय बनाइने

Share:

डिसेम्बर ,७

काठमाडौं / स्वरसम्राट नारायण गोपालको ३३ औं स्मृति दिवसको अवसरमा स्वरसम्राट गोपालको घरलाई संग्रहालय परिणत गरिने जनाइएको छ ।
नारायण गोपालको महाराजगञ्जस्थित घर नारायण गोपाल संगीत कोषको स्वामित्वमा रहे पनि संग्रहालयको रुपमा विकास गरिनुका साथै  उनका नीजि प्रयोग सामग्रीदेखि सांगीतिक उपकरणलाई जतन गरेर त्यहाँ संग्रहालय बनाउन लागिएको जनाइएको छ । नारायण गोपाल संगीत कोषकी अध्यक्ष उषा शेरचनले बताइन् ।

१९९६ साल असोज १८ गते राजधानीको किलागलमा जन्मिएका गायक गोपाल  आफ्नो रचनात्मक समय चाहिँ उक्त घरमा बिताए थिए  ।

गीत गंगा संगीत प्रशिक्षण विद्यालय निर्माण गर्ने सपना नारायणगोपालको थियो । केही वर्षसम्म त्यहाँ संगीत प्रशिक्षण पनि हुन्थ्यो । तर, अहिले कोषले जिम्मा लिएर उक्त घरलाई संग्रहालयको रुपमा विकास गर्न काम गरिरहेको छ । नारायणगोपालकै निधन भएको वर्षमा पत्नी पेमलाले २२ आनामा रहेको उक्त घर कोषलाई प्रदान गरेकी थिइन् ।

कोषकी अध्यक्ष  शेरचनले भनिन् ‘यहाँ निरन्तर गीत संगीत बजिरहोस् । अकेष्ट्राका ग्रुपहरु यहीँ तयार होस् भन्ने उहाँहरु दुबैजनाको चाहना थियो’ उनले भनिन्, ‘कोष यसलाई संग्रहालयमार्फत जीवन्त राख्न चाहन्छ ।’

कोषका महासचिव दीपक केसीले पनि संगीतप्रेमीको मद्दतबाट कोष र संग्रहालय चल्ने विश्वास व्यक्त गरे । उनका अनुसार नारायणगोपालले प्रयोग गरेका अन्य सांगीतिक उपकरण र सामान पनि कोषले खोजिरहेको छ । भेटिएपछि संग्रहालयमै राखिने जनाइएको छ ।

यससँगै कोषको पहल र काठमाडौं महानगरपालिकाको अर्थ सहयोगमा घर नजिक नारायणगोपाल संगीतमय गीतगंगा भवन पनि निर्माण भैरहेको छ । यो भवनमा संगीत सिकाइ र प्रशिक्षण कार्यक्रम हुने जनाइएको छ ।

स्मृति सभामा नारायणगोपालका कालजयी गीतलाई कलाकारले प्रस्तुत गरेका थिए ।

Share:

सम्बन्धित समाचारहरू