नोभेम्बर ७
प्रकाश बगाले / माल्टा
जाजरकोट जिल्लामा रहेको भेरी नगरपालिका वडा १ मा रहेको विकट गाउँमा नेपाल माल्टा कम्युनिटीद्वारा राहत वितरण गरिएको छ । स्थानीय जनप्रतिनिधि र त्यहाँका युवाहरूको सहयोगमा प्रत्यक्षरुपमा पीडित जनताहरुलाई राहत वितरण गरिएको हो ।
त्यस् क्षेत्रमा बढी नेपाल माल्टा कम्युनिटीले नै पहिलो पटक राहत ल्याएको स्थानीयहरु बताउँछ। हामीले नगरपालिकाका जनप्रतिनिधिहरुलाई भन्यौं, मिडियालाई पनि जानकारी गरायौं तर कोहि आइपुगेका थिएनन् । तपाईहरुनै पहिले पटक आउनु भयो एक स्थानीय महिला भक्कानिदै भनिन् । परिवारका ६ जना सदस्यको समेत भुकम्पमा परी ज्यान गयो , हाम्रो सर्वस्व गुम्यो तर कोहीले सहयोग गर्न आएनन् उनले भनिन् । हामीले जिताएर पठाएहरु रमिते बनेर हेरिरहेको उनको गुनासो थियो ।
राहतको लागि संयोजक ललितजंग पाण्डे आफैं राहत लिएर पीडितको गाउँमा पुगेका हुन् । राहत पीडित समक्ष पुर्याउनु रबि अर्यालले सहयोग गरेको थिए ।
कम्युनिटीका सल्लाहकार बाबू अर्यालको सल्लाह अनुसार आकस्मिक बैंकक गरि संस्थाका साथीहरूको सहयोगमा करिब ३ लाख बराबरको राहत सामाग्री वितरण गरिएको प्रवक्ता प्रकाश बगाले बताउँछन् ।जाजरकोटको त्यो विकट गाउँ जहाँ ३१ जनाको भुकम्पमा परेर ज्यान गएको थियो ।
त्यस् क्षेत्रमा सरकारको ध्यान नपुग्नु दु:खद रहेको नेपाल माल्टा कम्युनिटीका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवम् एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष एवं आइसीसी सदस्य भुवन अर्याल बताउँछन् । सरकारले छिटोभन्दा छिटोछिटो यस्तो ठाउँमा राहत पुर्याउनु जोड दिनुपर्ने उनको भनाइ छ ।
परदेशमा रहेर पनि सबै नेपाली एक जुट भइ यता सक्दो छिटो सहयोग गरिएको भन्दै नेपाल माल्टा कम्युनिटीलाई स्थानीय पीडितवासीहरुले धन्यवाद दिएका थिए ।
नेपाल माल्टा कम्युनिटीका अध्यक्ष पाण्डेले सम्पुर्ण नेपाली एक जुट भएर नेपालीको दु:खद साथ दिनुपर्ने भन्दै पीडित समक्ष अझैसम्म राहत पुगेको छैन एक द्वार प्रणाली अझै लागू नभएकोमा दुख व्यक्त गरे। सरकारले पहुँचवालालाई होईन वास्तविक पीडितलाई राहत उपलब्ध गराउन आवश्यक रहेको संयोजक पाण्डे बताउँछन् ।