राहदानी नवीकरणको सेवालीन आएका नेपालीले गरे एनआरएनए माल्टाको प्रशंसा

Share:

धनराज विक (अविरल) डिसेम्बर १६ (युरोप)

राहदानी नवीकरण लगायत अन्य कन्सुलर सेवालीन आएका नेपालीहरुले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको प्रशंसा गरेका छन् । राहदानी विभाग नेपाल र स्पेनमा रहेको नेपाली राजदूतावासको समन्वय तथा एनआरएनए माल्टाको सहकार्यमा माल्टामा संचालन भएको घुम्ती कन्सुलर सेवा शिविरबाट सेवालीन आएका नेपालीहरुले एनआरएनए माल्टाले गरेको कामको प्रशंसा गरेका हुन् ।

शनिबार देखि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको आफ्नै कार्यालयमा सुरु भएको घुम्ती कन्सुलर सेवा शिविरमा सेवालीन आएका प्रवासी नेपालीहरुले एनआरएनए माल्टाले सहज तरिकाले राहदानी नवीकरण लगायतको सेवालीने व्यवस्था गरेकोमा खुसी हुँदै उनीहरुले एनआरएनए माल्टाको प्रशंसा गरेका छन् ।

नेपालको गोर्खा घर भएकी हाल तीन वर्षदेखि माल्टामा बस्दै आएकी सुकमाया गुरुङले राहदानी नवीकरणको सेवालीन पाउँदा खुसी लागेको बर्ताइन् । सहजरुपमा व्यवस्थित तरिकाले सेवादिने प्रबन्ध मिलाएको भन्दै एनआरएनएको कामको उनले प्रशंसा गरिन् । त्यसैगरी सोमबार नै सेवालीन आएकी धनकुटा घर भएकी शुसिला ताम्ली र नुवाकोट घर घएकी पवित्रा लामाले पनि माल्टामा सेवादिने व्यवस्था गरी एनआरएनए माल्टाले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले घुम्ती कन्सुलर सेवा शिविरबाट राहदाननी नवीकरण लगायत अन्य कन्सुलर सेवा लिनको लागि ७ सय ११ जनाले अनलाइन फाराम भरेको बताए । पहिलो दिन १ सय ७० जनाले सेवा लिएको छन् भने दोस्रोदिन १ सय ८० जनाले सेवा लिएका छन् । त्यसैगरी आज तेस्रोदिन १ सय ३० जनाले राहदानी नवीकरण लगायत अन्य कन्सुलर सेवा लिएको खनालले जानकारी दिएका छन् । डिसेम्बर १४ तारीख देखि सुरु भएको राहदानी नवीकरण लगायत अन्य कन्सुलर सेवाको काम डिसेम्बर १८ तारीख सम्म संचालन हुने उनले बताए । घुम्ती कन्सुलर सेवा शिविर सफल पार्न सहयोग गर्ने नेपाल सरकार, राहदानी विभाग, नेपाली राजदूतावास म्याड्रिड र माल्टामा रहेका विभिन्न सामाजिक संघ–संस्था र सामाजिक व्यक्तिहरुलाई उनले धन्यवाद् दिएका छन् ।

एनआरएनए माल्टाका  भूतपूर्व अध्यक्ष, वर्तमान सल्लाहकार एवम् प्रवासी नेपाली मञ्च माल्टाका अध्यक्ष बाबू अर्यालले माल्टामा प्रवासी नेपालीको संख्या धेरै भएकोले नेपाल सरकारले माल्टामा नेपाली राजदूतावास स्थापना गरी सेवा प्रदान गर्नुपर्ने बताएका छन् । पहिले देखि नै माल्टामा घुम्ती कन्सुलर सेवा शिविर मार्फत सेवादिने काम भएपनि त्यो प्राप्त नभएको र धेरै कानूनी अड्चनका समस्या माल्टामा रहेका नेपालीले भोग्नु परेकोले सरकारको त्यतातर्फ विशेष ध्यान केन्द्रित हुनुपर्नेमा अर्यालले जोड दिए । नेपाल सरकारले आफ्नो दायित्व पूरा गर्नेगरी रोजगारीको सिलसिलामा माल्टामा रहेका नेपालीको हीतमा कामगर्न माल्टामा राजदूतावास स्थापना गर्न भूमिका खेल्नुपर्ने बताए ।

एनआरएनए माल्टाको टिम घुम्ती कन्सुलर सेवा शिविर सफल पार्न सक्रिय रुपमा लागि परेको अर्यालले बताएका छन् । घुम्ती कन्सुलर सेवा शिविर सफल पार्न सहयोग गर्ने विभिन्न सामाजिक संघ–संस्थालाई उनले धन्यवाद् दिएका छन् । घुम्ती कन्सुलर सेवा शिविरका संयोजक दामोदर लामिछानेले सजिलै सेवादिन तयार पारिएको पूर्व समय तालिका अनुसार सेवादिने काम भइरहेको भन्दै सेवाग्राहीले पनि सेवाबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिएको बताएका छन् ।

Share:

सम्बन्धित समाचारहरू