रुसी आक्रमणबाट एकैदिन कम्तीमा ३० युक्रेनीको मृत्यु

Share:

किएभ (युक्रेन) । रुसले युक्रेनमाथि शुक्रबार गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार ब्यारेज, विद्यालय, प्रसूतिगृह, व्यापारिक केन्द्र र आवासीय भवनमा क्षति पुगेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, “आज रुसले हामीसँग आफ्नो शस्त्रागारमा भएका लगभग सबै कुराबाट प्रहार गरेको छ ।” रुसले युक्रेनमा १५८ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको र तीमध्ये ११४ वटा ध्वस्त भएको युक्रेनको सेनाले अनुमान गरेको छ ।

किएभ (युक्रेन) । रुसले युक्रेनमाथि शुक्रबार गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार ब्यारेज, विद्यालय, प्रसूतिगृह, व्यापारिक केन्द्र र आवासीय भवनमा क्षति पुगेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, “आज रुसले हामीसँग आफ्नो शस्त्रागारमा भएका लगभग सबै कुराबाट प्रहार गरेको छ ।”

रुसले युक्रेनमा १५८ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको र तीमध्ये ११४ वटा ध्वस्त भएको युक्रेनको सेनाले अनुमान गरेको छ ।वायुसेनाका प्रवक्ता युरी इग्नाटले एएफपीसँग भने, “यो क्षेप्यास्त्र प्रयोगको दृष्टिकोणबाट ‘अहिलेसम्मकै उच्च संख्या’ र एकैपटक धेरैतिर गरिएका ‘सबैभन्दा ठूलोमध्येको क्षेप्यास्त्र आक्रमण’ हो ।”

रुसले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई अधिकांश प्रमुख सहरहरूमा ध्वस्त पार्ने प्रयास गरेको छ । पछिल्लो आक्रमणमा शाहेद ड्रोनहरूलाई शृंखलाबद्ध तरिकाले प्रयोग गरिएको छ । युद्धक विमानहरू र रुस नियन्त्रित क्षेत्रबाट विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरिएको छ ।

Share:

सम्बन्धित समाचारहरू