काठमाडौं– गणतन्त्र दक्षिण अफ्रिकाका लागि गैर आवासीय नेपाली राजदूतमा दानबहादुर तामाङलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् । गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मा तामाङलाई दिइएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री तामाङलाई गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् । (नियुक्ति पत्र सहित )