तामाङ समाज क्रोसियाको ल्होछार भव्य रुपमा सम्पन्न

Share:

मञ्जुश्री संम्वत २८६०औ ड्रुक/ मु पुख्री(ल्हो/बर्ष)सोनाम ल्होछार सांझ-२०२४” राष्ट्रिय पर्वको उपलक्ष्यमा पहिलो पटक तामाङ्ग समाज क्रोएसियाद्वारा आयोजित गरिएको सोनाम ल्होछार शुभकामना आदान- प्रदान तथा बृहत सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ! प्रवासमा रहेर पनि आफ्नो तामाङ समुदायको धर्म,संस्कृति,कला,भेष-भुषा,भाषा, परम्परा, रहनसहन, रितिरिवाजहरूको संरक्षण,संवर्द्धन र प्रवर्द्धन गरौ भन्ने उद्देश्यले तामाङ समाज क्रोएशिया द्वारा पहिलो पटक सोनाम ल्होछार मनाउन सफल भएको छ! त्यस कार्यक्रम लाई भव्य रूपमा सबै जनालाई नाच्न न बचाउनको लागि पोर्चुगललाई कर्मथलो बनाइरहेका चर्चित सेलो गायक राम बाबु योन्जन लाई आमन्त्रित गरिएको थियो!

कार्यक्रम जाग्रेबको मेन स्क्वायर कोन्टेसा हलमा आइतबार भएको थियो । कार्यक्रममा गायक राम बाबु योन्जनले आधा दर्जनभन्दा धेरै गीत गाएर दर्शकहरुलाई नचाएका थिए । उनले कार्यक्रम`ल्होछार तेनगे´तामाङ गीतको बोलबाट सुरु गरेका थिए । सुरुमै गायक योन्जन दर्शकलाई नचाउन सफल भएका हुन् । लगातार प्रस्तुति दिएका गायक योन्जनले तामाङ भाषाकै `मिनमी ङाला व्योन्दोर्जे, डम्फू सेङ्बा पेम्दोर्जे´ गाएका थिए ।

त्यसैगरी गायक योन्जनले ` सुनसुन है मैच्याङ´ `सोल्टिनी´ लगायत अन्य बोलका गीतहरू पनि गाएका थिए । गायक सँगै गीत गाउने र नाच्ने दर्शकहरूले हल खचाखच भरिएका थिए । योन्जनसँगै कार्यक्रममा गायक रमिता लामा, मेन्दोमाया गायक समीर लामा लगायत अन्यले आआफ्ना प्रस्तुति राखेका थिए !

तामाङ्ग समाज क्रोएसियाका महासचिव विशाल योञ्जन भन्नु हुन्छ तामाङ्ग समाज क्रोएसियाद्वारा आयोजित गरिएको सोनाम ल्होछार शुभकामना आदान- प्रदान तथा बृहत सास्कृतिक कार्यक्रममा हाम्रो निम्तो लाई स्विकार्नु हुँदै पाल्नु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुमा हृदय देखि हार्दिक धन्यवाद एवम आभार प्रकट गर्दै हामीले कार्यसमिति भित्र गरेका थियौ की यो पहिलो पटक सोनाम ल्होछार संस्कृति कार्यक्रममा ४००-५०० जनाको अनुमानितमा हल बुकिङ गरेका थियौ तर सोचेको भन्दा चार गुणाको संख्यामा धेरै टाढा टाढा बाट यहाँहरु सबै जना हामीलाई माया गरेर उपस्थित हुनु भयो । हामीले सबै जनालाई हल भित्र अटाउन सकियनौ र त्यसमा नचाहँदा नचाहँदै पनि हामीले चित्ता दुखाउन गएको मा हामी क्षाप्रार्थी छौ !भन्दै आयोजकले सबैलाई जानकारी दिएका थिए

अगामी दिनहरुमा हाम्रो कमी कमजोरी लाई सुधार्दै सकेसम्म राम्रो गर्ने कोशिस गर्ने छु भन्दै प्रेश विज्ञप्ति जारी गरेका थिए।

Share:

सम्बन्धित समाचारहरू