पोर्चुगलमा एक महिने ब्युटिशिएन तालिम सम्पन्न

Share:

मार्च, १७
माल्टा/ युरोपेली मुलुक पोर्चुगलमा एक महिने ब्युटिशिएन तालिम सम्पन्न भएको छ । नेप्लिज वोमन एशोसिएसन पोर्चुगलको आयोजना र लिस्बन हेयर एण्ड ब्युटी पार्लरको सहयोगमा फ्रेवुअरी १५ देखि मार्च १५ सम्म संचालन भएको एकमहिने ब्युटिशिएन तालिम मार्च १७ तारीख दिन एक औपचारिक कार्यक्रम बीच समापन गरिएको हो ।

तालिममा २५ जना नेपाली दिदीबहिनीहरूले नेल सम्बन्धि मेनिकेअर पेडिकेअर जेलिनो जेल र थ्रेडिङ गर्ने तरिकाको बारेमा सिकेका थिए भने उनीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि गैरआवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश कुमार खड्का ज्यूले पोर्चुगलको नेपाली समाजमा एनआरएनए पछिको दोश्रो ठूलो संस्थाको रूपमा स्थापित भएको नेप्लिज वोमन एशोसिएसनले निकै सराहनिय कामहरु गर्दै आएको र यसबाट एनआरएनए ले पनि पाठ सिक्नु पर्ने भन्दै नेप्लिज वोमनले गरेका यस्ता कार्यहरुमा सहयोग गर्न तयार रहेको बताए । त्यस्तै सहभागीहरू सिता थापा प्रतिमा अधिकारीले विदेशको ठाउँमा पनि यस्तो अवसर पाउँदा निकै खुसी ब्यक्त गरे।
संस्थाका संरक्षक निर्मला ढकाल प्रशिक्षक मिरा कार्की लगायतले बोल्दै आत्मनिर्भर बन्न सहभागीलाई प्रेरित गरिन ।

संस्थाका अध्यक्ष शान्ति अर्याल अधिकारीले बिदेशमा भाषा र सिप नहुँदा धेरै दिदीबहिनीहरु बेरोजगार बस्नु परेको कारण औल्याउँदै केही हदसम्म भएपनि सहयोग पुर्याउने उद्देश्यले बेरोजगार, नया आउनु भएका र अति ईच्छुक दिदीबहिनीहरूलाई प्राथमिकतामा राखेर तालिम संचालन गरिएको जनाइन् ।

संस्थाका उपाध्यक्ष बिन्दु गौतमको स्वागत मन्तव्य,सदस्य कला पङ्गेनीको संचालन र संस्थाका अध्यक्ष शान्ति अर्याल अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

Share:

सम्बन्धित समाचारहरू