एनआरएन माल्टाद्वारा लाईभ म्युजिक हुदै

Share:

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति माल्टाको आयोजनामा आउँदो अप्रिल महिनाको २०,२०२४,शनिबारको दिन माल्टाको अफ्रेयम थेयटरमा नयाँ वर्ष २०८१ को अवसर पारेर शुभकामना आदानप्रदानसँगै परोपकारी कर्मका निमित्त च्यारीटी साँझको आयोजना हुदै

संघका अध्यक्ष रेमलाल खनालका अनुसार नेपालमा आइपर्ने प्राकृतिक विपत्तिका साथै मातृभूमिलाई आवश्यक पर्दा गैरआवासीय नेपाली संघसँगैगै विदेशस्थित संघसँस्थाहरु एक बनेर सहयोग गर्दै माल्टामा विभिन्न समस्याहरुमा हातेमालो गर्दै  समस्याहरुलाई विभिन्न किसिमिका भैपरी आएकोमा सहयोग  भइरहेको र नेपाली नयाँ वर्षको अवसर पारेर अरु सहयोग जुटाउने हिसाबले च्यारिटी कार्यक्रम आयोजना गरिएको हो । र प्रबेश शुल्क १० युरो र कार्यक्रम अप्रिल २० तारिख शनिबार बेलुकाको ५ बजेदेखी १० बजेसम्म हुने जानकारी गराईएको छ।

नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै च्यारिटीबाट उठेको रकमलेगैरआवासीय नेपाली संघ माल्टाको तर्फबाट (oldage/orphange ) संस्था तथा माल्टामा अपतकालिन कोषमा रहने संस्थाको कोषाध्यक्ष निरज श्रेष्ठले जनाएको छ ।जसबाट भबिस्यमा भैपरी आउने बिबिध सदुपयोग गर्ने सहयोग गर्ने उद्देश्य राखेको छ।

उक्त कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न एनसीसी माल्टाले भ्वाइस अफ नेपाल सेसन ३ का विजेतासमेत रहेका गायक किरण गजमेरलाई आफ्नो प्रस्तुति दिने ब्यवस्था गराइएको छ भने बहुचरचित लोक पप गायिका प्रीति आलेले प्रस्तुत दिनेछन अफृयम थेयटर स्थित स्थानीय कलाकारहरुले समेत नेपाली नृत्यसंगै विविध प्रस्तुति दिने जनाइएको छ ।

एनआरएन माल्टाले उक्त कार्यक्रममा सहभागी भएर नेपाली नयाँ वर्षमा मनोरन्जन गर्नुका साथै परोपकारी शुभकार्यमा साथ दिन सम्पूर्ण माल्टा तथा गोजोबासी विभिन्न संघ संस्था पेशा व्यबसाय राजनीतिक संस्था बुद्धिजीवीहरुमा कार्यक्रम सफल बनाउनु हुनेमा बिश्वास राखदै सबैमा अध्यक्ष खनालले  हार्दिक अपिल  गर्नुभएको छ  गैरआवासीय नेपालीहरु लाई आह्वान गरेको छ। साथै कार्यक्रममा अनुशासित मर्यादित भै सबैको साझा कार्यक्रममा सव्य र भव्य बनाउन सबैमा अपिल गर्नुभएको छ ।

Share:

सम्बन्धित समाचारहरू