माल्टा । शैक्षिक बेरोजगारको कथा बोकेको नेपाली चलचित्र ´डिग्री माइला’ माल्टामा देखाइने भएको छ । यहि अप्रिल १९ शुक्रबार र २१ आइतबार दुई शो देखाइने भएको छ । शुक्रबार राति १०:३० बजे, आइतबार ८:३० बजे चलचित्र देखाइने छ । फगुरा स्थित ग्यालेरिया सिनेमास् मा प्रदर्शन गरिनेछ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई चलचित्रले ट्यागलाइन बनाएको छ।
रामबाबु गुरुङको निर्देशन रहेको ‘डिग्री माइला’ मा दयाहाङ राइ, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ।
बाँसुरी फिल्म्सको ब्यानरमा बनेको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका युवाको कथा समेटेको छ ।