माल्टा, चर्चित लोकप्रिय गायिका प्रीती आले यतिखेर सास्कृतिक तथा नयाँ बर्षको अबसरमा शुभकामना आदनप्रदानको कार्यक्रममा सहभागी हुन माल्टामा आईपुगेका हुन एनआरएनए माल्टाको आयोजनमा हुने उत्त विशेष सास्कृतिक कार्यक्रममा भ्वाईस अफ नेपाल सिजन ३का बिजेता किरण गजमेर पनि संगै आफ्नो साङ्गेतिक प्रस्तुति दिन आईपुगेका हुन । एनआरएनए माल्टाको कार्यक्रम भने पहिलो पटक जहाँ सास्कृतिक कार्यक्रमबाट उठेका रकमले नेपालमा माल्टामा भैपरी आएका परोपकारी समस्याहरुमा सहयोग गर्ने एनसिसी माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले माल्टा नेपाल अनलाइनलाई बताईएको हो । खनालले सम्पूर्ण माल्टा तथा गोजोबासीमा कर्मथलो बनाई बस्नुहुने दाजुभाइ दिदिबहिनीहरु पेशा राजनीति सामाजिक संघ संस्था व्यबसाय बिद्यार्थी लगायत सम्पूर्णलाई कार्यक्रम आउनलाई अपिल गर्नुका साथै अनुशासित मर्यादा पालना गरि सव्य भव्य बनाई शोभा बढाईदिन आग्रह समेत गरेका हुन। साथै कार्यक्रम २० तारिखका दिन शनिबार बेलुका ५ बजे शुरु भई राती १० बजे सकिने र जिरा स्थित अफ्रियम थेयटरमा हुने कार्यक्रम संयोजक एवं एनआरएनए माल्टाका बर्तमान युवा उपाध्यक्ष बिजय परियारले बताईएको हो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी एनआरएनए माल्टाका बरिस्ठ उपाध्यक्ष मधु गुरुङले जानकारी दिएका हुन।
