जनप्रगतिशिल मन्च क्रोसियाको भेला सम्पन्न

Share:


 

नेकपा माओवादी केन्द्र को प्रवाशी संगठन नेपाली जनप्रगतिशील मन्च क्रोसियाको भेला भब्यताका साथ सम्पन्न भएको छ। जुन 2 आइतबार दिउँसो 12 बजे युरोपेली देस क्रोसियाको राजधानी जाग्रीब स्थित नेपाली जनप्रगतिशिल मन्च युरोप कमिटी सदस्य जसमान दर्नाल जिवनले हिमालयन होटलको सभा हलमा मैन बत्ती प्रज्वलित गर्दै भेलाको औपचारिक उद्घाटन गरेका हुन।

मन्चको प्रथम ऐतिहासिक भेलाले लबसङ्ग लामाको अध्यक्षतामा 21 सदस्यीय तदर्थ केन्द्रिय कमिटी निर्माण गरेको छ। कमिटीका उपाध्यक्ष मा राम कृष्ण शर्मा र सुरेन्द्र पुन मगर छन भने एक उपाध्यक्ष मन्चको प्रथम बैठकले थप्ने जनाइएको छ। कमिटी को महासचिव सुरेन्द्र तामाङ , सचिवमा ऋदिमा रिजाल र राजु थिङ्ग, कोषाध्यक्ष मा कृष्ण ढुङ्गाना चयन भएका छन भने सदस्यहरुमा दिपक परियार, मनोज तामङ्ग,सुर्य कुमाल,बिबिक बोम्जन,राज कुमार तामाङ,सयन राई,आदेस पाख्रीन,धनम थोकर,एक ब. थापा,प्रेम तामाङ्ग, देब कुमार गुरुङ्ग र पवन बिक चयन भएका छन। त्यसै गरि मन्चको मुख्य संरक्षकका क्रोसिया स्थित नेपाली ब्याबसायी दावा लामा र सल्लाहकार प्रमुखमा नेपाली होटल ब्याबसायी मान सिङ्ग धामी चयन भएका छन।

क्रोसिया स्थित नेपाली समुदायको उत्साह जनक उपस्थिति रहेको भेलाको अध्यक्षता भेला आयोजक कमिटीका संयोजक लबसङ्ग लामाले गरेका थिए भने संचालन सुरेन्द्र तामाङले गरेका थिए। भेलामा उपस्थिति अथिती र सहभागीलाई सुरेन्द्र पुन मगरले स्वागत गरेका थिए। भेलालाइ सम्बोधन गर्दै भेलाका प्रमुख अथिती मंचका युरोप कमिटी सदस्य जसमान दर्नाल जिवनले नेपाली समाजको लोकतान्त्रिक रुपान्तरणलाई जनताले आफ्नो जनजिवनमा प्रत्यभुति हुने गरि समाजवादी दिशामा राजनीति अगाडि बड्दै गर्दा पुनरुत्थानवादीहरुले आन्दोलनको उपलब्धि लाई बदनाम गर्ने प्रयत्न गरेको हुनाले सचेत नेपाली समुदायले दुनियाँको कुनै देशमा बसेर भए पनि परिवर्तनको पक्षमा संगठित आवाज उठाउन पर्ने समय आएको बताए। सहिदहरु प्रती एक मिनेट मौनधारणा गर्दै शुरु भएको कार्यक्रममा राष्ट्रिय गान बजाएर सहभागीहरु राष्ट्र प्रती संमान जनाएका थिए। भेलामा जनप्रगतिशिल मंच युरोप कमिटी अध्यक्ष चित्र सुवेदी, उपाध्यक्ष गङा भुसाल, महासचिव धर्मराज खतिवडा, मंच का जर्मनी अध्यक्ष गोबिन्द भण्डारी र नेकपा माओवादी केन्द्रका युरोपेली नेता सागर पोखरेल लगाएतले पठाएको लिखित शुभकामना पत्र पढेर सुनाइएको थियो। कार्यक्रममा लामो समय देखि क्रोसियामा रहेर नेपाली समुदायलाइ सहायता गर्दै आएका ब्याबसायी मानसिङ्ग धमिलाइ खादा लगाएर संमान गरिएको थियो भने NRN क्रोसियाका प्रतिनिधि लगायतले भेला सफलताको शुभकामना मन्तब्य दिएका थिए।

Share:

सम्बन्धित समाचारहरू