माल्टा नेपाल अनलाइन डेस्क / माल्टाको सडक दुर्घटनामा निधन भएका खिम बहादुर पुनका परिवारलाई अन्तराष्ट्रिय सेफ सोसााइटी माल्टाले १ लाख ५७ हजार ८ सय १० रुपैया आर्थिक सहयोग गरेको छ ।
नेपालका म्याग्दी घरभई विगत तीन वर्षदेखि रोजगारीको सिलसिलामा माल्टामा रहेका पुनको परिवारलाई सहयोग होस् भनेर अन्तरााष्ट्रिय सेफ सोसााइटी माल्टाले सेफहरुबाट आर्थिक सहयोग संकलन गरेर पठाएको नेपाली सेफ सोसाइटी माल्टाका अध्यक्ष बासुदेव भुसालले बताए । सहयोग रकम पाएपछि शोकमा साथ दिदै सहयोग गर्ने माल्टामा रहेका नेपाली सेफहरुलाई पुनको परिवारले धन्यवाद् दिएका छन् ।
संस्था स्थापना भएको छोटो समयमा संस्थागत विकास संगै मानविय सेवा र परोपकारी काम गर्दै आएको सेफ सोसाइटी माल्टाले रचनात्मक काम गर्दै आएको छ । केही समय अगाडी माल्टामा ब्लड क्यान्सर पीडित सुरज लौडारीलाई अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले उपचारको लागि १ लाख २४ हजार ४ सय १० रुपैया आर्थिक सहयोग गरेको थियो भने केही समय पहिले माल्टाको समुन्द्रमा डुबेर निधन भएका अनिस न्यौपाने (रोबर्ट) को परिवारलाई १ लाख ३ हजार ८ सय रुपैया आर्थिक सहयोग गरेको संस्थाका उपाध्यक्ष बावु अर्यालले बताए ।
माल्टाको त्रिक साल्भु प्साइला सडकमा मृतकले चलाएको मोटरसाइकलमा कारले ठक्कर दिएपछि दुर्घटना पुनको निधन भएको भएको थियो । माल्टाको बिर्किकारामा बस्दै आएका ४२ बर्षिय पुन फूड डेलिभरी पेशामा कार्यरत रहेका थिए ।