माल्टामा नेपाली कथानक चलचित्र ‘कार्साङ’ प्रदर्शन हुने

Share:

नेपाली कथानक चलचित्र ‘कार्साङ’ माल्टामा प्रदर्शन हुने भएको छ । यही जनवरी १७ तारिख बाट माल्टामा चलचित्र प्रदर्शन हुने भएको हो ।

नेपाली कथानक चलचित्र ‘कार्साङ’ शुक्रबार राति १०ः४५ बजेदेखि र १८ तारिख शनिबार पनि राति १०ः४५ बजे ग्यालेरिया सिनेमा हल फ्गुरामा प्रदर्शन हुने मग्वार्ट प्रोडक्सनले जानकारी दिएको छ । ‘कार्साङ’ चलचित्र अनौठो कथावस्तु र आकर्षक दृश्यात्मक प्रस्तुतिका कारण दर्शकमाझ चर्चामा रहेको मग्वार्ट प्रोडक्सनका संयोजक गणेश लामिछानेले बताए ।

चलचित्रको प्रमुख भूमिकामा रहेका दयाहाङ राई र बुद्धि तामाङ जितु नेपाल संगै नयाँ अभिनेत्री सृजना निङलेखुले यस चलचित्रबाट आफ्नो डेब्यू गर्दैछिन् । फिल्म ‘कार्साङ’ प्रेम, संघर्ष र सामाजिक यथार्थका जटिल विषय वस्तुमा केन्द्रित रहेको संयोजक लामिछानेले बताए । उनका अनुसार आधुनिक नेपाली समाजका विभिन्न आयामलाई उजागर गर्ने प्रयास समेत यस चलचित्रले गरेको पाइन्छ । गहिरो भावनात्मक कथाले दर्शकलाई आकर्षित गर्ने अपेक्षा लामिछानेले गरेका छन् ।

चलचित्रमा सिनेमाटोग्राफी संगै नयाँ निर्देशन शैलीको उत्कृष्ट प्रयोग देख्न सकिनेछ । माल्टामा उत्कृष्ट नेपाली चलचित्रहरु प्रदर्शन गर्दै आएको मग्वार्ट प्रोडक्सनले माल्टावासी नेपाली दर्शकको अपार साथ र सहयोग पाउने गरेको छ । माल्टामा रहेका नेपालीहरुको मागको कारण यो फिल्म माल्टामा प्रदर्शन गर्न लागिएको प्रोडक्सन संयोजक लामिछानेले बताए ।
यो फिल्म हेर्नका लागि प्रति व्यक्ति १० युरोको टिकट काट्नु पर्नेछ । तीन जनाको समूहमा आउनेले विशेष छुट समेत पाउने र चलचित्र हेर्न टिकटका लागि सिधै तलको लिङ्कबाट बुकिङ गर्न सकिने सामाजिक संजाल मार्फत मग्वार्ट प्रोडक्सनले जानकारी दिइ सकेको छ । https://www.ticketly.eu/m/karsang-mt

Share:

सम्बन्धित समाचारहरू