माल्टामा दशैंको चहलपहल बढ्दो : नमस्ते नेपाल मिनीमार्केटमा सामान किन्नेकोे घुइँचो

Share:

माल्टा / रोजगारीको सिलसिलामा युरोपको माल्टामा रहेका नेपालीहरुमा दशैंको चहलपहल बढ्दै गएको छ । घरपरिवारबाट टाढा भएर विदेशमा रहेपनि दशैं मनाउन प्रवासी नेपालीहरुले दशैंका लागि आवश्यक सामानहरु किन्न थालेपछि चहलपहल बढ्दै गएको हो । नेपाली उत्पादनका सामानहरु पाइने माल्टामा रहेको नमस्ते नेपाल मिनीमार्केटमा यतिबेला दशैंका सामान किन्ने नेपालीहरुको चहलपहलले दशैंको रौनक बढेको छ । मिनीमार्केटमा दशैंका सामान किन्ने नेपालीहरुको चहलपहलले मिनी नेपालको झल्को दिने गरेको छ । माल्टामा रहेका नेपालीहरु नेपाली उत्पादनका सामानहरु किन्न पाउदा खुसी देखिएका छन् । पसलमा सामान किन्न आउने नेपालीहरुले एकआपसमा दशैंको शुभकामना दिदै आत्मियता साँटासाँट गरी रहेका छन् ।

बुधबार समाचार संकलनका लागि नमस्ते नेपाल मिनीमार्केट हाम्रनुमा पुग्दा मार्केटका संचालक राजु अर्याल बाबू र बिन्दु अर्याल दुबैजना नेपालबाट आइ पुगेका दशैंका सामान सहित अन्य नेपाली उत्पादनका सामानहरु मिलाई रहेका थिए । पसलमा आएका ग्राहकहरु कोही आफ्ना रोजाइका सामानहरु छानी रहेका थिए भने कोही सामानहरु किनेर पसलबाट बाहिरिदै गरेको अवस्थामा भेटिएका थिए ।

चितवन घर भएकी रिना अधिकारी आफूलाई चाहिएको सामान छानी रहेको अवस्थामा भेटिइन् । ६ महिना अघिमात्र माल्टा आएकी उनले स्वीकीमा बस्दै आएको बताइन् । टिकटिकमा नेपाली सामानहरु पाइन्छ भनेर थाहा पाएकी थिए । पहिले समय मिलेको थिएन आज माल्टामा नेपाली सामानहरु किन्न पाउँदा धेरै खुसी लागेको उनी बताउँछन । दशैंका सामानहरु किन्न श्रीमान सँगै आफू अर्कोदिन आउने पसलका संचालक अर्याल परिवारलाई भनी रहदा संचालक अर्यालले तँपाईले चाहानु भयो भने होम डेलीभरी सेवा दिएर सहयोग गर्न सकिने बताएका थिए । होम डेलीभरी सेवा दिने भनेपछि खुसी हुँदै युरोपमा नेपाली सामानहरु उपल्ब्ध गराउनु भएको भन्दै अधिकारीले संचालक अर्याललाई धन्यवाद् दिएकी थिइन् ।

मार्केटको प्रर्वेसद्धारमा नेपाली राष्ट्रिय झण्डा फर्रफराई रहेको देख्न सकिन्छ । जुनदृश्य देख्दा प्रवासी नेपालीको मनमा देशप्रेमको भावना जागेर आउने गरेको छ । युरोपको माल्टामा नेपालीले चाहेकै नेपाली सामान पाउनु गर्वको विषय भएको चक्र बिकले बताए । भर्रखरै माल्टा आएका उनले मिनीमार्केटमा आउँदा आफूलाई नेपालमै भएको र नेपालकै पसलमा आएको अनुभूती हुने गरेको बताए । नमस्ते नेपाल मिनीमार्केटमा आउँदा घर आएजस्तो लाग्छ । साहु र साहुनीको व्यवहारले मन धेरै खुसी हुने गरेको बिकले बताए । उनले भने, “ हामी बस्ने घरका सबै नेपालीहरु नेपाली उत्पादनकै सामानहरु प्रयोग गर्छौ । एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने माया गर्ने बानीको विकास गर्नुपर्ने भन्दै नेपालीहरुले कमाएको पैसा देश भित्रने र देशको पनि विकास हुने भएकोले यसतर्फ सबै नेपालीको ध्यान जानुपर्छ ।”

पसलमा नेपाली सामानहरु किन्न आउने नेपालीहरु खुसी भएको देख्दा आफूलाई निकै खुसी लाग्ने गरेको पसलकी संचालिका बिन्दु अर्यालले बताईन् । यतिबेला दशैंका लागि आवश्यक पर्ने पुजाका सामान सहित आवश्यक सामानको व्यापार सोचेभन्दा धेरै राम्रो भइरहेको उनले बताईन् । पसलमा आउने सबै नेपालीले माल्टामा नेपालको सामान उपलब्ध गराउनु भएकोमा खुसी लागेको बताउँदै धन्यवाद् दिने गरेको बाबु अर्यालले बताए । सेवाग्राहीको मायाले व्यवसाय गर्न हामीलाई थप हौसला प्रर्दान गरेको भन्दै विदेशी मूलका नागरिक पनि पसलमा सेवालिन आउने गरेको अर्याल दम्पतीले बताए ।

पुजाका सम्पूर्ण सामान सहित नेपाली ढाँकाटोपी, राष्ट्रिय झण्डा, नेपाली खकुरी, खादा, दोसल्ला, रुदराक्षको माला र ब्याचको राम्रो किनमेल भइरहेको छ । त्यसैगरी फापरको पिठो, मस्ताङको चामल,जुम्लाको मार्सि चामल, बासमती चामल, थकाली मुस्ताङ दाल, मकैको च्याख्ला, सातु, आलु निम्ली, पापड, नेपाली चिउरा, चाउचाउ, अकबरे खुर्सानी र टिमुरको अचार, तामाको अचार, पानीपुरी, सिन्की, सिमिको दाल, सुकुटी, नेपाली उत्पादन अचार, मयुरका प्वाख लगायतका सामानहरु उपलब्ध गराउँदै आएको अर्याल बताउँछिन् । दशैं र तिहारको अवसरमा सेवाग्राहीलाई सुपथ मूल्यको सेवा समेत दिएको उनी बताउँछन् ।

माल्टाको एमसिदा सहरमा ४ वर्षअघि नमस्ते नेपाल मिनीमार्केटको व्यवसाय सुरु गरेको पसलका संचालक बाबु अर्यालले बताए । सामान्य लगानीबाट सुरुगरेको मिनीमार्केटको व्यवसाय फस्टाउदै गएपछि हाम्रुन सहरमा बस्ने नेपालीको सजिलोको लागि नमस्ते नेपाल मिनीमार्केटको शाखा विस्तार गरेको उनले बताए । मार्केटमा नेपाली ग्राहकमात्र नभएर माल्टा लगायत अन्य देशका विदेशी नागरिकहरु किनमेल गर्न आउने गरेको र नेपाली सामानहरु उनीहरुको रोजाईमा पर्ने गरेको अर्याल बताउँछन् । प्रवासी नेपालीको कामको व्यस्ततालाई बुझेर हामीले होम डेलिभरीको सेवापनि दिँदै आएका छौं । होम डेलिभरीको सेवाले सेवाग्राहीलाई थप सजिलो भएको अर्यालले बताए । हाम्रो सेवाबाट सेवाग्राही खुसी भएर सेवाको प्रशंसा गर्दै धन्यवाद् दिँदा थप सेवागर्ने उर्जा मिलेको छ । सेवाग्राहीको सेवामा नमस्ते नेपाल मिनीमार्केट सधैं तप्तर रहेको उनले बताए ।

नेपालको गुल्मी घरभएका बाबु अर्यालले संचालन गरेको नमस्ते नेपाल मिनीमार्केटले नेपाली सामानको व्यवसाय गरेर नेपाललाई चिनाउँदै आएको सुदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष दिनेश नागरीले बताए । व्यवसायसँगै सामाजिक कार्यगर्दै आएका बाबु अर्याल र भुवन अर्याल सरले माल्टामा राम्रो कामगर्दै आएको र उहाँको सामाजिक योगदान प्रशंसा योग्य रहेको उनी बताउँछन् । अर्यालका भाई भुवन र रवी अर्यालले एमसिदामा रहेको नमस्ते नेपाल मिनीमार्केट संचालन गर्दै आएका छन् । नेपाली उत्पादनका सामानहरु नेपालीको रोजाईमा पर्ने गरेको बताउँदै यतिबेला दशैंका सामानहरु किन्न नेपालीहरु धेरै आउने गरेको रवी अर्यालले बताए । युरोपमा सजिलै नेपाली सामान पाउँदा प्रवासी नेपालीहरुले खुसी व्यक्त गर्ने गरेको भुवन अर्याल बताउँछन् ।

अर्याल दाजुभाई व्यवसायमा मात्र नभई सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर छन् ।

Share:

सम्बन्धित समाचारहरू