माल्टा नेपाल अनलाइन / नेपालीहरुको नयाँ वर्ष २०८२ को अवसर पारेर एभरेस्ट इन्टरटेनमेन्ट माल्टाले कन्सर्ट गर्ने भएको छ । विगतमा माल्टामा विभिन्न सांगीतिक कार्यक्रम मार्फत नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्दै आएको यस इन्टरटेनमेन्टले यही अप्रील १२ तारिख स्काइ क्लव सेन्टजुलियनमा उक्त कार्यक्रम गर्न लागेको एभरेस्ट इन्टरटेनमेन्ट माल्टाका संचालक दिनेश कार्कीले बताए ।
उनका अनुसार गीत–संगीत मार्फत नेपालीहरुमा एकता कायम गर्दै आपसी भाइचाराको सम्बन्ध प्रगाढ बनाउदै मनोरञ्जनका लागि एभरेस्ट इन्टरटेनमेन्टले नेपाली नयाँ वर्षको उपलक्ष्यमा यो कार्यक्रम आयोजना गरेको हो । कन्सर्टका लागि सामान्य टिकटको मूल्य २५ युरो रहेको छ भने विशेष टिकटको मूल्य ५० युरो रहेको छ । टिकट अनलाइनको माध्यम https://tinyurl.com/555JamseyMT बाट पनि काट्न सकिने माल्टा नेपाल अनलाइनलाइ कार्कीले जानकारी दिएका छन् ।