पूर्व वडा अध्यक्ष अर्यालको दम्पती युरोपको माल्टामा सम्मानित

Share:

माल्टा नेपाल अनलाइन / पूर्व वडा अध्यक्ष शिवलाल अर्यालको दम्पती युरोपको माल्टामा सम्मानित भएका छन् । युरोप भ्रमणमा आएका अर्याल र उनकी श्रीमती तुल्सा अर्याल मगर समाज माल्टाद्धारा सम्मानित भएका हुन् । अर्याल दम्पतीले सामाजिक परिवर्तनमा योगदान गरेकोले सम्मान गरिएको मगर समाज माल्टाका अध्यक्ष सन्तु थापा मगरले बताए । गुल्मी आँपचौर ७ धुमी घरभइ हाल रुपेन्देही जिल्ला सैनामैना नगरपालिका १ रानीबगिया बस्ने अर्यालको दम्पती युरोपको माल्टामा भ्रमणमा रहेका छन् ।

२०४९ सालमा वडा अध्यक्षमा निर्वाचित भएका अर्यालले तत्कालीन समयमा ११ वर्षसम्म अध्यक्षको जिम्मेवारी सम्हालेर काम गरेका थिए । अर्यालकी श्रीमती तुल्सा अर्यालले् १६ वर्षसम्म महिला स्वयम् सेविका भएर सामाजिक काममा योगदान गरी सकेकी छन् । समाज सेवामा लागी परेका अर्यालका दम्पतीको सामाजिक योगदानको मूल्यांन गरेर समाजले सम्मान गरेको अध्यक्ष थापा बताउँछन् । थपाले भने, “ मगर समाज माल्टाले आयोजना गरेको मगर एकता दिवसमा सम्मान गर्ने भनेपनि विविध कारणले दिवसमा सम्मान गर्न सकिएन । उहाँहरु बस्ने घरमै गएर मगर समाज माल्टाले सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।”

सम्मानित भएपछि अर्यालका दम्पती निकै खुसी भएका छन् । आफूहरुले गरेको सामाजिक योगदानको मूल्यांकन गरेर सम्मान गर्ने मगर समाज माल्टालाई उनीहरुले धन्यवाद् दिएका छन् । विदेशमा रहेका नेपाली त्यसमा पनि मगर समुदायहरको सोच्ने शैली, बौद्धिकता र निर्णय गर्ने क्षमता देखेर धेरै खुसी लागेको शिवलाल अर्यालले बताए । युरोप घुम्न आएकै बेलामा सम्मानित हुँदा गर्व लागेको तुल्सा अर्यालले बताइन् ।

 

Share:

सम्बन्धित समाचारहरू