कैलाली / कैलाली प्रहरीले धनगढीमा गोली हानी दुई जनालाई नियन्त्रणमा लिएको छ । कैलालीको भजनी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको कैलाली प्रहरी कार्यालयले जनाएको छ ।
गोली हानेर नियन्त्रणमा लिइएकामा रिदम ढुंगाना र मिलन चन्द रहेका छन् । दुवैलाई गोली लागेको छ । घाइते उनीहरुलाई अहिले अस्पताल लगिएको प्रहरीले जानकारी दियो ।
कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार विभिन्न आपराधिक क्रियाकलापमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो ।
