माल्टा नेपाल अनलाइन डेस्क
किराँत यक्थुङ चुम्लुङ माल्टाको प्रथम ऐतिहासिक तथा आधिकारिक समिति गठन गरिएको छ। आइतबार माल्टाको बुजिबास्थित टोपाज होटलको हलमा सम्पन्न विशेष भेलाले सर्वसम्मत निर्णयमार्फत नयाँ नेतृत्व चयन गरेको हो।
नवगठित समितिको अध्यक्षमा प्रेम फोम्बो लिम्बु चयन भएका छन्। उपाध्यक्षमा कुमार एभेङ लिम्बु, गजिन इस्बो लिम्बु, दिल कुमारी लिम्बु र किरण आङ्बुहाङ लिम्बु रहेका छन्। महासचिवमा दर्शन लिबाङ लिम्बु, उपमहासचिवमा सन्जय योङ्हाङ लिम्बु, सचिवमा भक्त नेम्वाङ लिम्बु, दिपक लिङ्देन लिम्बु, राम पन्धाक लिम्बु र दिपेन थक्लुङ लिम्बु निर्वाचित भएका छन्। त्यसैगरी, कोषाध्यक्षमा प्रकाश आङ्देम्बे लिम्बु,सह कोषाध्यक्षमा चन्द्रकला काङ्बा लिम्बु रहेका छन्।
सदस्यहरूमा बिमला थेबे लिम्बु, सपना चेम्जोङ, बसन्ती तुम्रुक, दिलु थेबे, दिप्ति पाक्साँवा लिम्बु, मन कुमारी खेबाङ, सरसवती लिम्बु, मुना काम्बाङ, कोपिला लिङ्दम, जुनी वानेम फागो, नैनाकला माबो, सलुजा लिम्बु, जापान लिम्बु, प्रताप लिबाङ, बिकि लिम्बु, बिक्रम लिम्बु, सन्जय लिम्बु, जेकि लिम्बु, मदन थेबे, बिजु आङ्देम्बे, मकालु लिम्बु, राजेन्द्र पाहिम, सुमन चेम्जोङ, दिपेन्द्र लिङ्देन, अमृता हेम्ब्या, सुस्मिता पन्धाक, गौरव लिम्बु, दिपेन्द्र खजुम, आशिस खेबाङ, प्रिय योङ्हाङ, मन कुमारी लिम्बु, उषा खेबाङ, आशा खेबाङ, सोम लावति र मन्जिता तिम्रुक रहेका छन्। भने उक्त भेलाबाट सल्लाहकार सदस्यहरूमा तेज ब.नाल्बो, चित्रहाङ लिम्बु र शिव कुमार फम्बो चयन भएका छन्।
नवगठित समितिले माल्टामा बसोबास गर्ने यक्थुङ समुदायको भाषा, संस्कृति, पहिचान र एकता प्रवर्द्धनका साथै सामाजिक, सांस्कृतिक र सहायतामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



