पोर्चुगलमा दोलखाका अर्जुन आपागाईको निधन, सहयोग गरिदिन आग्रह

Share:

माल्टा नेपाल अनलाइन डेस्क
पोर्चुगल /रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका दोलखाका ३२ वर्षीय अर्जुन आपागाईको असामयिक निधन भएको छ।

तामाकोशी –६ दोलखा निवासी आपागाईको निधन १० अगस्ट आइतबार भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको निधनपछि शव हाल पोर्चुगलको बेजास्थित Hospital de Beja मा राखिएको छ। विदेशमा एकाएक घटेको यस दुःखद घटनाले आपागाई परिवारसँगै पोर्चुगलमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ।

मृतक आपागाईको शव व्यवस्थापनका लागि ठूलो आर्थिक सहयोग आवश्यक परेको भन्दै उनका भाइ शिव जी आपागाईले पोर्चुगलमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनी तथा सहयोगी मनहरूमा आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेका छन् ।

सहयोग गर्न चाहने महानुभावहरूले मृतकका भाइ शिव जी आपागाईको नाममा रहेको तलको बैंक खातामा Bank Account (IBAN): PT5000070000066112455023 मा रकम पठाउन सक्नेछन्। सानो सहयोगले पनि ठूलो राहत पुग्ने भन्दै, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघ–संस्थाहरुलाई समेत यस अभियानमा ऐक्यबद्धता जनाई सहयोग गर्न आवश्यक रहेको छ।

Share:

सम्बन्धित समाचारहरू