माल्टाबाट भावुक विदाइसँगै दुई नेपाली युवाको पार्थिव शरीर नेपाल पठाइयो

Share:

माल्टा नेपाल अनलाइन डेस्क / रोजगारीका लागि माल्टा र गोजो पुगेका दुई नेपाली युवा रामकुमार सिजाली र तुल्सिराम तामाङको पार्थिव शरीर अन्ततः स्वदेश पठाइएको छ। उनीहरूको असामयिक निधनपछि शोकमा डुबेको नेपाली समुदायले भावुक वातावरणबीच अन्तिम विदाइ दिएको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाका अनुसार आवश्यक सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी आज मे ६, २०२६ (बुधबार) मातरदेई अस्पतालको मर्चरी परिसरबाट उनीहरूको पार्थिव शरीर नेपाल पठाइएको हो।

स्वदेश फिर्ताका लागि आवश्यक समन्वय, कागजी प्रक्रिया तथा आर्थिक व्यवस्थापन तीव्र रूपमा अघि बढाइएको थियो। यस क्रममा ‘गोफन्ड’ मार्फत सहयोग संकलन अभियान सञ्चालन गरिएको छ, जुन आज राति १२ बजेसम्म जारी रहने जनाइएको छ। संकलित रकमले शोकाकुल परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
विदेशमा संघर्ष गरिरहेका नेपालीहरूका लागि यस्ता दुःखद घटनाले एकअर्काप्रति सहयोग र एकता झनै मजबुत बनाउने गरेको देखिन्छ।

Share:

सम्बन्धित समाचारहरू