माल्टामा अक्टोबर २५ र नोभेम्बर १ मा नेपाली चलचित्र ‘जेरी अन टप’ प्रदर्शन हुँदै

Share:

माल्टा नेपाल अनलाइन
नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता अनमोल केसीको नयाँ चलचित्र ‘जेरी अन टप’ माल्टामा आउँदो अक्टोबर २५ र नोभेम्बर १ तारिख प्रदर्शन हुने भएको छ। माल्टाको चर्चित शहर सेन्ट जुलियनस्थित  इडन सिनेमा हलमा राति १०:४५ बजे उक्त
चलचित्र सुरुहुने आयोजक नेप–फाइभ इन्टरटेन्मेन्टले माल्टा नेपाल अनलाइनलाई जानकारी दिएको छ । चलचित्रमा अनमोलसँगै जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी र केदारप्रसाद घिमिरे (माग्ने बुढा)लाई मुख्य भूमिका देख्न सकिन्छ ।
माल्टामा नेपाली चलचित्रलाई नियमित रूपमा प्रदर्शन गर्ने परम्परा सुरु गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नेप–फाइभ इन्टरटेन्मेन्टका सञ्चालक सुवास ढकालले जानकारी दिएका छन्। उनका अनुसार, “यस्ता पहलहरूले माल्टामा मात्र नभई युरोपका अन्य मुलुकमा रहेका नेपाली समुदायमा पनि नेपाली चलचित्रप्रतिको आकर्षण बढाउनेछन्।”

नेप–फाइभ इन्टरटेन्मेन्टले निकट भविष्यमा अर्को नेपाली चलचित्र सार्वजनिक गर्ने तयारी समेत गरिरहेको छ। संस्थाले नेपाली सिनेमालाई प्रवासमा नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

संस्थाले केही समयदेखि नेपाली चलचित्र र सांस्कृतिक कार्यक्रमहरू प्रवासमा रहेका नेपाली समुदायसम्म पुर्‍याउँदै आएको छ। यसअघि पनि यस संस्थाले विभिन्न सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको अनुभव रहेको छ।

चलचित्र ‘जेरी अन टप’ लाई लिएर माल्टामा रहेका नेपाली समुदाय उत्साहित देखिएका छन्। युरोपेली परिवेशमा आफ्नै भाषा र संस्कृतिका कथाहरू पर्दामा हेर्ने अवसरलाई सबैले सकारात्मक रूपमा स्वागत गरेका छन्। धेरै नेपालीका लागि यो चलचित्रले आफ्नै माटो र संस्कृतिको सम्झना दिलाउने अपेक्षा गरिएको छ।

आयोजकले माल्टामा रहेका नेपाली मात्र नभई अन्य अन्तर्राष्ट्रिय दर्शकलाई समेत चलचित्र हेर्न अनुरोध गरेका छन्।
चलचित्रको लागि  तलको लिङ्क मार्फत  खरिद गर्न सकिनेछ।

https://www.ticketly.eu/m/jot-mt

Share:

सम्बन्धित समाचारहरू