नेपाली चेलीबेटीलाई सेफ सोसाइटी माल्टाले तीजको दर खानलाई दियो चुले निम्तो

Share:

माल्टा नेपाल अनलाइन / अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले नेपाली चेलीबेटीलाई तीजको दर खुवाउनलाई चुले निम्तो दिएको छ । रोजगारीको सिलसिलामा माल्टामा रहेका नेपाली चेलीबेटीहरुलाई तीजको दर खुवाउनलाई नेपाली चेलीबेटीसंगै नेपाली दाजुभाइलाई पनि चुले निम्तो दिएको छ ।

नेपाली महिलाहरुको महान चाड तीजमा चेलीबेटीहरुले माइती घरलाई सम्झने र माइतीहरुले पनि चेलीबेटीलाई बोलाएर खानाको मिठो परिकार दर खुवाउने चलन रहेको छ । तर प्रदेशमा सुनौलो सपना देखेर रातदिन दुख गरी रहेका नेपाली चेलीबेटीहरुको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टा माइती बनेर तीजको दर खुवाउन लागेको संस्थाका अध्यक्ष बासुदेव भुसालले बताएका छन् । तीजको दरसंगै नाँचगान सहित रमाईलो गर्ने कार्यक्रम अगस्ट २५ तारीख सोमबार साँझ ४ बजेदेखि रातीको ११ बजेसम्म तोपाज होटेल बुजिब्बामा संचालन हुने भुसालले जानकारी दिएका छन् ।

हामीले माल्टामा रहेका नेपाली चेलीबेटीलाई चुले निम्तो दिएका छौं । साथै तीजको दर खुवाउने कार्यक्रममा नेपाली दाजुभाई र माल्टामा रहेका विभिन्न सामाजिक संस्थाहरुलाई निम्तो दिएका छौं । यदि तँपाइहरुलाई निम्तो नपुगेको अवस्थामा यही समाचार मार्फत आधिकारिक रुपमा निम्तो गरेका छौं कृपया चेलीबेटीहरुको माइतीको रुपमा गरिमामय उपस्थिति जनाएर हौसला प्रदान गरीदिन संस्थाका सचिव श्याम भण्डारीले अनुरोध गरेका छन् ।

नेपाली चेलीबेटीहरुलाई सम्मान गर्दै संस्थाले दर खुवाउने भएकोले कुनैपनि शुल्क लाग्ने छैन् । तर पुरुष दाजुभाइहरुबाट प्रवासमा रहेका हाम्रा चेलीबेटीलाई तीजको दर खुवाउनलाई सहयोग स्वरुप २० युरो शुल्को संस्थाले व्यवस्था गरेको कोषाध्यक्ष एकराज पोख्रेलले बताए ।

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले गतसाल पनि नेपाली चेलीबेटीहरुलाई तीजको दर खुवाएको थियो । यसलाई निरन्तरता दिदै अहिले पनि माल्टामा आफ्नो घरपरिवारको लागि कडा मिहिनेत र आफूले देखेका सपना पूरा गर्नलाई संघर्ष गरीरहेका नेपाली चेलीबेटीहरुलाई सम्मानपूर्वक माइती बनेर तीजको दर खुवाउन लागेको संस्थाका उपाध्यक्ष राजु अर्याल (बाबू) ले बताए ।
चाडपर्वको बेला हामी सबै प्रदेशीलाई आफ्नो देश र घरपविारको धेरै याद आउँछ । नेपाली महिलाहरुको महान पर्व तीजमा प्रदेशमा रहेका नेपाली चेलीबेटीलाई घरपरिवारको यादले झनै बढी सताउने गर्दछ । एकातिर कामको ब्यस्तता, अर्कातिर चाडपर्व र घरपविारको मायाले मन कटक्कै खाने भएकोले माल्टामा रहेका नेपाली चेलीबेटीलाइ केही समय भएपनि खुसी राख्न र रमाउनको लागि तीजको दर खुवाउने कार्यक्रमको आयोजना गरिएको अर्याल बताउँछन् ।

संस्थाले माइतीको पक्षमा उभिएर तीजको दर खुवाउन लागेकामा माल्टामा रहेका नेपाली चेलीबेटीहरु खुसी भएका छन् । अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले माइती बनेर नेपाली महिलाहरुको सम्मानमा प्रेमभाव देखाएकोमा धन्यवाद् दिदै सबैलाई माइतीको आँगनमा उपस्थिति भएर प्रेम प्रकट गरीदिन उनीहरुले अनुरोध समेत गरेका छन् ।

Share:

सम्बन्धित समाचारहरू