आज २७ अगस्ट बुधबार माल्टामा भब्य कन्सर्ट हुँदै छ। आज साँझ ६: ३० बजेदेखि कन्सर्ट माल्टाको फेयर एण्ड कन्वेन्सन्स सेन्टर (MFCC) हुने भएको छ । करिब ४ हजार दर्शक उपस्थित हुने अनुमान गरिएको छ।
कन्सर्टका लागि अमृत गुरुङ सहितको टिम २४ तारिख नै माल्टा आइसकेका हुन् । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भइसकेको कन्सर्ट आयोजक एनएमएफसी ले जनाएको छ।
एनएमएफसीका अध्यक्ष राजेन्द्र बिष्टका अनुसार “यो केवल कन्सर्ट मात्र होइन, नेपाललाई माल्टामा मात्र नभई सांस्कृतिक रूपमा बिश्वमा चिनाउने अवसर पनि हो। नेपथ्य हाम्रो पहिचान हो, यसलाई भव्य बनाउन सबैको साथ आवश्यक छ।”
कन्सर्टका लागि हाल सामान्य टिकट ५५ युरो र भिआइपी टिकट २०० युरो रहेको छ। भने कार्यक्रम स्थलमा भने टिकटको मुल्य साधारण ६५ रहने आयोजक संस्थाले जानकारी गराएको हो ।
कन्सर्टका लागि नेपाली मात्र नभई भारत, फिलिपिन्सलगायतका नागरिकले समेत टिकट खरिद गरिसकेका छन्। आयोजकले यो कन्सर्टलाई माल्टामा अहिलेसम्मकै ठूलो नेपाली संगीतमय जमघट भएको दाबी गरेका छन्।