माल्टा नेपाल अनलाइन / जेज–जी आन्दोलनमा जीवन गुमाएकाहरुको सपना पुरा हुनुपर्ने नेपाली समाज माल्टाले बताएको छ । भ्रष्टचारको विरोध गर्दै सुशासन र परिवर्तनका लागि जेज–जी आन्दोलनमा होमिएर तत्कालीन सरकारको चरम दमनबाट जीवन गुमाउन पुगेका युवाहरुको रगतको अपमान गर्ने काम कसैबाट भएपनि स्वीकार नहुने भन्दै कडा रुपमा प्रतिकारकारमा उत्रने नेपाली समाज माल्टाका सचिव किरण बुढाथोकीले बताए ।
भदौ २३ र २४ गते भएको जेज–जी आन्दोलनमा राज्यको चरम दमनबाट अहिलेसम्म ७२ जनाले ज्यान गुमाइ सकेकाछन् । आन्दोलनमा जीवन गुमाएकाप्रर्ती श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
नेपाली समाज माल्टाले आयोजना गरेको कार्यक्रममा रोजगारीको शिलशिलामा माल्टामा रहेका नेपालीहरुले आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेर जलेर नष्ट भएका भौतिक संरचनाको निमार्णमा सबैलाई सहयोग गर्न अनुरोध गरेको छ । शोकलाई शक्तिमा बदल्दै नयाँ तरिकाले देश विकासको काममा जुट्न सबैलाई नेपाली समाज माल्टाले आग्रह गरेको छ ।