वैदेशिक रोजगारीको लागि बुल्गेरिया देशमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ घर भइ हाल काठमाडौंको टोखा बस्ने वर्ष ५० को ज्ञानराज सुवेदी रहेका छन्।
उनले पीडितबाट ८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पीडितले दिएको जाहेरीका आधारमा उनलाई गंगवुबाट पक्राउ गरी प्रहरीले थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाएको छ।



