राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहाइ हुँदै

Share:

माल्टा नेपाल अनलाइन डेस्क
रुपन्देही/रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो।

न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेको निवेदनअनुसार बिगो बमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिएको हो। अदालतको उक्त आदेशसँगै लामिछाने २ करोड ७४ लाख ८४ हजार विगो बुझाएर रिहा हुने भएका हुन्।

Share:

सम्बन्धित समाचारहरू